एक वर्षमा तपाईँको भान्छामा चाहिने सामान कति महँगियो

तरकारी बजार

तस्बिर स्रोत, Getty Images

  • Author, स्वाती जोशी
  • Role, भिजूअल जर्नलिजम ग्रूप

नेपाल राष्ट्र ब्याङ्कको पछिल्ला प्रतिवेदनहरूका अनुसार यस वर्ष नेपालमा गैरखाद्य तथा सेवा क्षेत्रको मुद्रास्फीति ४.१४ प्रतिशत रहेको छ। यसै गरी खाद्य तथा पेय पदार्थमा ५.२१ प्रतिशतले मूल्यवृद्धि भएको छ।

गत वर्षको तुलनामा धेरै तरकारीको भाउ बढेको छ। यसका कारण उपभोक्ताका आर्थिक चुनौती थपिएका छन्। उदाहरणका लागि हाल सुकेको लसुन र पालुङ्गोको सागको प्रतिकेजी मूल्य क्रमशः १९० र १३७ रुपैयाँ पुगेको छ।

हुन त सानो (लोकल) गोलभेँडा र तर्बुजाजस्ता केही तरकारी र फलफूलको मूल्य गत वर्षको तुलनामा केही घटेको देखिएको छ। अनार, (हरियो) अङ्गुर, लाम्चो भन्टा र सेतो आलुमा मूल्यवृद्धि भएको छ।

मूल्य तलमाथि हुँदा उपभोक्तामा पर्ने असरलाई अझ स्पष्टसँग बुझाउन बीबीसीले यो ‘क्याल्कुलेटर’ बनाएको छ।

यहाँ तपाईँको भान्छामा दैनिक रूपमा उपभोग हुने केही सामग्रीको हालको मूल्य दिइएको छ।

यसलाई प्रयोग गरेर तपाईँ विगत एक वर्षमा आफ्नो भान्छाको दैनिक खर्च कति बढ्यो भन्ने हिसाब निकाल्न सक्नुहुन्छ।

गणनाको विधि

हाम्रो यो हिसाब कालीमाटी फलफूल तथा तरकारी बजारको दैनिक मूल्यसूचीमा आधारित छ।

हामीले तरकारी तथा अण्डा र ब्रोइलर कुखुराको दैनिक औसत मूल्यलाई जेठ २, २०८० र जेठ ३, २०८१ बीच तुलना गरेका छौँ।

यसले एक वर्षमा आधारभूत खानेकुराको मूल्य कसरी बढेको रहेछ भन्ने जानकारी दिन्छ।

यो ‘ग्रोसरी बास्केट’मा स्वतः देखिने चिजबिज

यदि तपाईँले कुनै निश्चित वस्तु छान्नुभएन भने यो क्याल्कुलेटरले तलका सामग्रीका आधारमा मूल्य हिसाब गर्छ -

प्याज सुकेको (१ केजी), लसुन सुकेको नेपाली (१ केजी), आलु सेतो (१ केजी), गोलभेँडा सानो (लोकल) (१ केजी), अनार (१ केजी), जुनार (१ केजी), मालदह आँप (१ केजी), कागती (१ केजी), ठूलो अण्डा (फार्म), ब्रोइलर कुखुरा (१ केजी)।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।