गाजा स्ट्रिप के हो

भिडिओ क्याप्शन सुरु हुँदैछ,
गाजा स्ट्रिप के हो

गाजा क्षेत्र जम्मा ४१ किलोमिटर लामो अनि १० किलोमिटर चौडा छ। तर यहाँ २२ लाख मानिस बस्छन्।

उत्तरदेखि दक्षिणसम्म दौडिने हो भने यसको दुरी म्याराथन भन्दा छोटो हुन्छ।

यो पृथ्वीमै सबभन्दा बाक्लो जनघनत्व भएको स्थान हो।

सबभन्दा ठूलो सहरी इलाका गाजा सिटीमा हरेक एक वर्ग किलोमिटरमा ९,००० मानिस कोचिएर बसेका छन्।

यसलाई अझ स्पष्टसँग बुझ्न लन्डनसँग तुलना गरेर हेर्न सकिन्छ। जहाँ पछिल्लो जनगणनामा हरेक वर्ग किलोमिटरमा ५,५९५ जना मानिस बस्ने गरेको पाएको थियो।

संयुक्त राष्ट्रसङ्घका अनुसार गाजाका १७ लाख शरणार्थीमध्ये ५ लाख त्यहाँका ८ वटा शिविरमा खचाखच गरेर बसेका छन्। 

गाजाको ८० प्रतिशत जनसङ्ख्या अन्तर्राष्ट्रिय सहयोगमा निर्भर छ। यहाँ १० लाख मानिस प्रति दिन बाँडिने खाद्य सहयोगको भर परेका छन्। गाजामा युवाको बाहुल्यता छ।

त्यहाँका मानिसहरूमध्ये ६५ प्रतिशत २५ वर्ष भन्दा कम उमेरका छन्।

गाजाका जम्मा तीन वटा सीमा नाका छन्। जसमध्ये दुई वटा इजरेलको नियन्त्रणमा छ भने एउटा इजिप्टको नियन्त्रणमा छ।

दुवै देशले त्यहाँ नाकाबन्दी गरेका छन्। सन् २००७ मा विद्रोही समूह हमास शक्तिमा आए यता को त्यहाँ भित्रन पाउने र को बाहिरिन पाउने भन्ने निर्णय ती दुई देशकै हातमा रहेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।