गाजाको जमिनमुनि छ गोप्य सुरुङको यस्तो सञ्जाल
इजरेलले इस्लामिस्ट लडाकु समूह हमासलाई निर्मूल पार्ने घोषणा गरेको छ। त्यसका लागि उसले गाजामा स्थल कारबाही गर्ने योजना बनाएको छ।
हमासलाई लक्ष्य गरी गाजामा हुने इजरेली आक्रमणमा उक्त समूहले प्रयोग गर्ने भूमिगत सुरुङ निकै चुनौतीपूर्ण मानिन्छ। गाजाको जमिनमुनि सुरुङको झन्डै ५०० किलोमिटर लामो सञ्जाल भएको अनुमान गरिएको छ।
सुरुङका प्रवेशद्वारहरू आवासीय क्षेत्रमा छन् र इजरेलबाट बन्धक बनाएर लगिएका मानिसहरूलाई तिनै सुरुङमा लुकाएर राखिएको ठानिएको छ।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।