समुद्रमा गोता लगाउँदा पाँच मिटर लामो शार्कसँग जम्काभेट

भिडिओ क्याप्शन सुरु हुँदैछ,
समुद्रमा गोता लगाउँदा पाँच मिटर लामो शार्कसँग जम्काभेट

बालीनजिकै समुद्रभित्र छिरेका एक गोताखोरको पाँच मिटर लामो 'ग्रेट ह्वाइट शार्क' सँग जम्काभेट भएको छ।

स्वीडनका ३१ वर्षीय फाबिएन क्लिन्टन विगत ११ वर्षदेखि व्यावसायिक रूपमै समुद्रमा गोता लगाउँदै आएका छन्।

गत मार्च १२ मा अरू सात गोताखोरलाई लिएर बालीस्थित नुसा पेनिदा टापुबाट समुद्रभित्र छिरेका क्लिन्टन उक्त शार्कको यति नजिकै पुगेछन् कि त्यो सर्लक्क फर्किएर उनी भएतिर आयो।

त्यति ठूलो शार्क आफूले पहिलो पटक देखेको क्लिन्टनले उक्त जीवसँग सामुन्ने हुँदा आफ्नी आमा सम्झिन पुगेको बताए।

ग्रेट ह्वाइट शार्क अधिकांश ठूला समुद्रको तटीय क्षेत्रनजिकै पाइन्छ। तर यो जीव इन्डोनेशियामा चाहिँ आक्कलझुक्कल देखिन्छ।

अनि यो पनि

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।