इन्डोनेशियामा जेलबाट एकैपटक ५३ कैदी भागे

भिडिओ क्याप्शन सुरु हुँदैछ,
इन्डोनेशियामा जेलबाट एकैपटक ५३ कैदी भागे

इन्डोनेशियाको आचेमा गत सोमवार एउटा जेलबाट ५३ कैदीहरू भागे। त्यस क्रममा केही कैदीहरू जेलको छानामा कुदेको र केहीले बाहिर सडकमा व्यापार गर्न बसेका मानिसहरूलाई छल्दै दौडिएको भिडिओ सार्वजनिक भएको छ।

स्थानीय अधिकारीहरूका अनुसार जेलबाट भाग्ने केही कैदीहरूलाई फेरि नियन्त्रणमा लिइएको छ भने अरू फरार छन्। तिनको खोजी भइरहेको छ।

जेलभित्र बिहान खाना खान लाम लागेका बेला कैदीहरू भागेका हुन्। जेलमा क्षमताभन्दा बढी मानिस राखिएकाले यो घटना भएको अनुमान गरिएको छ।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।