इन्डोनेशियामा ज्वालामुखी विस्फोट हुँदा लाभा र खरानीको ३ किमि अग्लो मुस्लो

भिडिओ क्याप्शन सुरु हुँदैछ,
इन्डोनेशियामा ज्वालामुखी विस्फोट हुँदा लाभा र खरानीको ३ किमि अग्लो मुस्लो

इन्डोनेशियाको सुलावेसीस्थित रुआङ पर्वतमा ज्वालामुखी विस्फोटन भएपछि हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

ज्वालामुखीसम्बन्धी विषय हेर्ने सरकारी निकायले उक्त क्षेत्रमा भूकम्पहरू गएपछि ज्वालामुखी विस्फोटन भएको बताएको छ।

इन्डोनेशियाको भौगर्भिक निकायका अनुसार ज्वालामुखी विस्फोटन भएपछि निस्किएको लाभा र खरानीको मुस्लो आकाशमा तीन किलोमिटरमाथिसम्म पुगेको थियो भने बिजुली पनि चम्किएको थियो।

सरकारी समाचार संस्थाका अनुसार मानिसहरू हताहत भएको कुनै विवरण प्राप्त भएको छैन।

अनि यो पनि

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।