हामी किन मर्छौँ? के अमरत्व सम्भव छ?

मृत चरा

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अधिकांश जीवहरू बूढा हुन्छन् र मर्छन्, तर किन?

समुद्र र नदीमा पाइने 'हाइड्रा' रोमाञ्चक र हेर्दै अनौठो लाग्ने जीव हो।

प्राचीन ग्रीक मिथकमा नयाँ टाउको उमार्न सक्ने सर्पको नाम पैँचो लिएर यसको नामकरण गरिएको हो।

यसको जेलीफिश, चम्किलो र फूलजस्तो देखिने अनि ढुङ्गामा पाइने समुद्री जीव एनिमोन र मुगा अर्थात् कोरलसँग नजिकको नाता छ।

सिंहपर्णी (ड्यान्डेलिअन) फूलको बीजजस्तो सानो र लामो शरीर अनि एकातर्फ कैयौँ टेन्टकल भएको उक्त जीवमा हेर्नुपर्ने अरू धेरै कुरा छैनन्।

तर जीवविज्ञानमा यसको एउटा विशिष्ट विशेषता छ किनभने यो पुन: जीवित हुन सक्छ।

यदि तपाईँले एउटा हाइड्रालाई धेरै वटा टुक्रामा काटिदिनुभयो भने प्रत्येक टुक्रा एउटा अलग्गै जीवको रूपमा फेरि हुर्कन्छ।