संसद्मा बोल्न नपाएपछि गृहमन्त्रीको पत्रकार सम्मेलन, यस्ता छन् उनका मुख्य तर्क

विपक्षीहरूको अवरोधका कारण संसद्मा बोल्न नपाएका गृहमन्त्री रमेश लेखकले बुधवार संसद् परिसरमै पत्रकार सम्मेलन गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने छानबिनमा आफू र आफ्नो मन्त्रालयले पूर्ण रूपमा सहयोग गर्ने बताए।
काठमाण्डू विमानस्थलमा भिजिट भिसाका नाममा रकम असुली गर्ने गरेको भनिएको यस प्रकरणमा दुई ठूला प्रतिपक्षी दल नेकपा माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीले औपचारिक रूपमै गृहमन्त्रीको राजीनामा माग गरेका छन्।
बुधवार एक कार्यक्रममा बोल्दै कांग्रेस महामन्त्री गगन थापाले समेत नैतिकताको हिसाबमा राजीनामा दिन सुझाएका थिए।
त्यसबारे सोधिएको प्रश्नमा उनको जबाफ थियो, "एक जना राष्ट्रसेवक कर्मचारीमाथि अख्तियारले अनुसन्धान गर्दा सम्बन्धित विभागीय मन्त्रीले राजीनामा गर्ने हो भने यहाँ एक वर्षमा देशमा कति मन्त्री चाहिएला? के यो थिति ठिक हो");