चीन: पश्चिमा विश्व र आलोचकमाथि सामाजिक सञ्जालमा मिलेर खनिन्छन् राष्ट्रवादी चिनियाँ युवाहरू

ब्लगर

तस्बिर स्रोत, Davies Surya/BBC

  • Author, तेसा वङ र बीबीसी चाइनिज
  • Role, बीबीसी न्यूज

हँसिलो मुद्रामा देखा पर्ने चिनियाँ ब्लगर गुयान्मुचान चीनको लोकप्रिय सामाजिक सञ्जाल वेबोमा आकर्षक र मैत्रीपूर्ण व्यक्तित्वसहित प्रस्तुत हुन्छिन्।

ट्विटरजस्तो उक्त मञ्चमा ती युवतीका ६४ लाखभन्दा बढी प्रशंसक छन्। वेबोमा उनी समसामयिक विषयमा आफ्नो विचार र भिडिओ राख्छिन्।

तर उनले गर्ने चर्को कुरा र उनको नाममा तादाम्य देखिँदैन।

एउटा पोस्टमा उनले युरोपेली सङ्घ ईयू अमेरिकाको "कुकुरलाई बाँध्ने डोरीमा" भएको लेखेकी छन्।

अर्को एउटा पोस्टमा अमेरिकाको टेक्ससमा बढेको कोभिड दर "गृहयुद्धको प्रमाण" भएको लेख्दै उनले "अमेरिकीहरूले जैविक युद्ध गरेर एकअर्कालाई मारिरहेको" दाबी गरेकी छन्।

गुयान्मुचान चिनियाँ राष्ट्रवादसँग जोडिएर त्यहाँको सामाजिक सञ्जालमा लोकप्रिय ब्लगरहरूको एउटा नयाँ समूह 'जिगानु' की सदस्य हुन्।

उक्त नामले 'वुमाओ' भनिने अरूको खिसीटिउरी गर्ने एउटा कुख्यात समूह बुझाउँछ। वुमाओले पैसा लिएर राज्यको प्रोपागान्डा फैलाउँथ्यो भने जिगानुले सित्तैमा गरिदिन्छ।

उनीहरूका तिखा पोस्ट र भिडिओहरू दशौँ हजार प्रशङ्सकहरूले शेअर गरिरहेका हुन्छन्।

ब्लगर

तस्बिर स्रोत, Davies Surya/BBC

प्राय: ती सामग्रीमा पश्चिमा देश र सञ्चारमाध्यमको आलोचना गरिएको हुन्छ।

पश्चिमा प्रभावका अस्त्रका रूपमा चिनियाँ समाजलाई "भ्रष्ट पार्ने" उद्देश्यले नारीवाद, मानवाधिकार, बहुसंस्कृतिवाद, प्रजातन्त्रजस्ता मुद्दाहरू प्रयोग भएको दाबी उनीहरू गर्छन्।

ताइवान र हङ्‌कङका प्रजातन्त्रवादीलाई उनीहरू "पृथक्तावादी' भन्छन्। अभियानकर्मी, बौद्धिक वर्ग र विज्ञहरू प्राय: उनीहरूको निसानामा पर्छन्।

उनीहरूले लेखिका फाङ फाङको पनि खेदो गरेका थिए। वुहानमा कोरोनाभाइरस महामारी फैलिन उनले सुरुमा आफ्ना अनुभव सार्वजनिक गरेर विश्वको ध्यानाकृष्ट गराएकी थिइन्।

जिगानुका एक ब्लगरले फाङ फाङले "पिठियूँमा गहिरो छुरा हानेको" र "चीनविरोधी शक्तिले हामीमाथि धाबा बोल्न एउटा ठूलो अस्त्र सिर्जना गरेको" आरोप लगाएका थिए।

हालै निसानामा परेका एकजना वरिष्ठ चिकित्साविज्ञ झाङ वेन्हङको दोष चिनियाँ अधिकारीहरूको धारणासँग नमिल्ने खालको सुझाव दिनु थियो। उनले चीनले कोभिडसँग जिउन सक्नुपर्ने बताएका थिए।

गुयान्मुचानको वेबो

तस्बिर स्रोत, Weibo

केही ब्लगरहरू तत्कालै पुराना कुराहरू खोतल्छन् र बौद्धिक चोरीको आरोप लगाउँछन्।

बालबालिकाले बिहानको खाजामा दूध खानुपर्छ भन्ने एउटा सुझावलाई परम्परागत चिनियाँ खाजा र मूल्यलाई अस्वीकार गरिएको रूपमा चित्रण गरियो।

एक ब्लगरले लेखेका थिए, "के यो पश्चिमा विश्वको धेरै नै भक्ति भएन"चीन र पाकिस्तानको राष्ट्रिय झण्डा अगाडि उभिएर मुस्कुराउँदै पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफ र चिनियाँ राष्ट्रपति सी जिन्पिङ हात मिलाउँदै " loading="lazy" width="871" height="490" style="aspect-ratio:871 / 490" class="bbc-139onq"/>