निजामती सेवामा महिलाको आकर्षण बढ्नुका कारण

धरानमा महिला कर्मचारी

गत वर्ष आरक्षण कोटाबाट भन्दा खुल्ला प्रतिस्पर्धा मार्फत धेरै महिलाले निजामती सेवामा प्रवेश गरेको अधिकारीहरुले बताएका छन्।

सरकारी जागिरको प्रतिष्ठा लगायत निवृत्तीभरण र तोकिएको समयको काम, सार्वजनिक बिदा जस्ता सुविधाका कारण यस क्षेत्रमा काम गर्न आकर्षित भएको महिलाहरूले बताएका छन्।

तर माथिल्लो पदमा भने थोरै संख्यामा मात्र महिला छानिएका छन्।

महिलाको समानुपातिक प्रतिनिधित्व बढाउनका लागि हालको ऐन परिमार्जन गर्न लागिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।

तथ्याङ्क

गत वर्ष मागिएको ९ हजार ५ सय ६५ पद मध्ये ४ हजार १ सय ३४ जना महिलाले विभिन्न परीक्षा उत्तीर्ण गरेर निजामति सेवा प्रवेश गरेको लोक सेवा आयोगको तथ्याङ्कले देखाएको छ।

यसमध्ये सहसचिव स्तरमा ८ जना, उप सचिव स्तरमा १९ जना, शाखा अधिकृत पदमा ३ सय ९ जना र अन्य मा ३ हजार ७ सय ९८ महिलाले जागिर पाएको सो तथ्याङ्कले देखाएको छ।

यसरी आएका मध्ये एक हजार भन्दा बढि महिला आरक्षण कोटा अन्तर्गत परेको लोक सेवा आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदी बताउँछन्, "खुला प्रतियोगिताबाट १८ सय ६७ जना महिलाहरु प्रवेश गर्नु भएको छ। यसको अर्थ महिला आरक्षण तर्फ भन्दा खुल्ला प्रतियोगिताबाट बढी महिलाले जागिर खाएको देखियो।"

हाल निजामति सेवामा २१ हजार भन्दा बढी महिला कर्मचारी कार्यरत रहेको निजामति किताब खानाको तथ्याङ्कले देखाएको छ।

तह

यसमध्ये दुई जना महिला विशिष्ट श्रेणीमा कार्यरत छन्।

यस्तै प्रथम श्रेणीमा ४० जना भन्दा बढी रहेको र दुई सय भन्दा बढी महिला द्वितीय श्रेणीमा कार्यरत रहेको निजामति किताब खानाका निर्देशक राजेन्द्र प्रसाद पराजुलीले बताए।

सरकारी जागिर प्रतिको बढ्दो मोह र यससँग जोडीएका सुविधाका कारण यसमा आकर्षित हुने महिलाको संख्या बढेको पूर्व सचिव तथा लोक सेवा आयोगकी सदस्य बिन्द्रा हाडाको भनाइ छ।

उनी भन्छिन्, "महिलाहरुमा कमाउनु पर्छ भन्ने भावना जागेको छ। काम गर्नका लागि निजामती सेवा नै सबैभन्दा सुरक्षित जागरिको रूपमा हेरिन्छ। अधिकांश निजी संस्थाले दिने तलब र निजामति कर्मचारीको तलबको तुलना गर्ने हो भने निजामती कर्मचारीकै कमाइ बढी छ।"

प्रतिष्ठा

महिला कर्मचारी

हाडाको भनाइलाई प्रतिबिम्बित गर्दै लोक सेवाको परीक्षाको तयारीमा जुटेकी एक गृहणी निशा जोशीले भनिन्, "'जागिर कहाँ छ"चीन र पाकिस्तानको राष्ट्रिय झण्डा अगाडि उभिएर मुस्कुराउँदै पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफ र चिनियाँ राष्ट्रपति सी जिन्पिङ हात मिलाउँदै " loading="lazy" width="871" height="490" style="aspect-ratio:871 / 490" class="bbc-139onq"/>