मरुभूमिमा १०० माइल लामो अत्याधुनिक सहर बनाउन साउदी सरकार के गर्दै छ

भिडिओ क्याप्शन सुरु हुँदैछ,
मरुभूमिमा १०० माइल लामो अत्याधुनिक सहर बनाउन साउदी सरकार के गर्दै छ

साउदी अरबका एक भूतपूर्व गुप्तचर अधिकारीले साउदी अरबमा निर्माणाधीन 'नीअम' परियोजनाका लागि गाउँ खाली गराउन सुरक्षाकर्मीलाई स्थानीय गाउँलेहरूविरुद्ध घातक बल प्रयोग गर्ने अनुमति दिइएको बताएका छन्।

साउदी अरबको पश्चिमोत्तर भागको मरुभूमिमा भएका गाउँहरू खाली गराएर एक करोड मानिस अट्ने अत्याधुनिक सहर बनाउने काम चलिरहेको छ। उक्त परियोजनाका लागि ४०० अर्ब पाउन्ड खर्च लाग्ने छ।

'नीअम' परियोजनाअन्तर्गत पानीमा तैरिएको एउटा सहर, एउटा स्की रिसोर्ट र १०० माइल लामो सीधा रेखामा फैलिएको सहर हुने छन्।

यद्यपि सन् २०३० सम्म उक्त सहरको १.५ माइल भाग मात्र बन्ने छ।

यो परियोजना साउदी अरबलाई आधुनिक बनाउने युवराज मोहम्मद बिन सलमानको चाहनाअनुसार बन्न लागेको हो।

बीबीसी अरेबिक र बीबीसी भेरिफाईले संयुक्त रूपमा तयार पारेको यो सामग्री हेर्नुहोस्।

अनि यो पनि

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।