साउदी अरबमा नयाँ सहर बनाउन 'मान्छे मार्न अनुमति दिइएको' खुलासा

नीअम र द लाइन

तस्बिर स्रोत, Shutterstock

तस्बिरको क्याप्शन, साउदी अरबको महत्त्वाकाङ्क्षी 'नीअम' योजनाको केन्द्रमा 'द लाइन' छ
  • Author, मर्लिन टोमस र लारा एल गिबाली
  • Role, बीबीसी भेरिफाई र बीबीसी आई इन्भेस्टिगेशन्स

दर्जनौँ पश्चिमा कम्पनीहरूले बनाइरहेको एक ‘फ्यूचरिस्टिक’ मरुभूमि सहरका लागि जग्गा खाली गर्ने काममा घातक बल प्रयोग गर्न साउदी अरबका अधिकारीहरूले अनुमति दिएको एक भूतपूर्व गुप्तचर अधिकारीले बीबीसीलाई बताएका छन्।

कर्नेल रबिह अलेनेजीले ‘द नीअम’ परियोजनाअन्तर्गत ‘द लाइन’ सहर बनाउने क्रममा एक आदिवासी जातिका गाउँलेलाई हटाउनका लागि त्यस्तो बल प्रयोग गर्न आदेश दिइएको बताए।

आफूहरूलाई हटाउने कदमको विरोध गर्दा एक जना प्रदर्शनकारीलाई गोली हानेर मारिएको थियो।

तर साउदी सरकार र नीअम व्यवस्थापनले यसबारे प्रतिक्रिया दिन मानेनन्।

नीअम र द लाइन के–के हुन्?

द लाइन

पाँच खर्ब डलरको 'नीअम पर्यावरण क्षेत्र' साउदी अरबको 'भिजन–२०३०' अन्तर्गतको रणनीतिक योजना हो। यसले यस देशको अर्थतन्त्रलाई तेलबाहेकका क्षेत्रमा विविधीकरण गर्ने उद्देश्य राख्दछ।

त्यसको प्रमुख परियोजा 'द लाइन'लाई कारमुक्त सहरका रूपमा प्रस्तुत गरिएको छ, जुन २०० मिटर फराकिलो र १७० किलोमिटर लामो छ। यद्यपि, सन् २०३० सम्म २.४ किलोमिटर मात्रै पूरा हुने अपेक्षा गरिएको विवरणहरू आएका छन्।

केही ब्रिटिश कम्पनीसहित विश्वका दर्जनौँ कम्पनीहरू नीअमको निर्माणमा संलग्न छन्। नीअम निर्माणाधीन क्षेत्रलाई साउदी राजकुमार मोहम्मद बिन सलमानले उत्तम 'खाली क्यानभास' भनेका छन्।

साउदी सरकारले उक्त परियोजनाका निम्ति छ हजारभन्दा धेरै मानिसलाई स्थानान्तरण गरेको बताए पनि यूकेस्थित मानवअधिकार समूह 'एएलक्यूएसटी'ले भने त्यो आँकडा अझै धेरै हुन सक्ने अनुमान गरेको छ।

बीबीसीले निर्माणका क्रममा ध्वस्त पारिएका तीन गाउँहरू अल–खुराबा, शर्मा र गयालको भूउपग्रहबाट लिइएका तस्बिरहरूको विश्लेषण गरेको थियो, जसमा घर, विद्यालय र अस्पतालहरू चित्रबाट हराएको देखिन्छ।

घातक बल प्रयोग गर्न 'इजाजत दिइएको' दाबी

गत वर्ष निर्वासित भएर यूके पुगेका कर्नेल अलेनेजीका अनुसार उनलाई 'द लाइन'को ४.५ किलोमिटर दक्षिणमा रहेको अल–खुराबालाई खाली गर्न अह्राइएको थियो। उक्त क्षेत्रमा मुख्यत: हुवाइतात आदिवासीको बाहुल्य थियो।

उनका अनुसार सन् २०२० को एप्रिलमा दिइएको निर्देशनमा उक्त समुदायमा 'धेरै विद्रोहीहरू' भएको र "विरोध जारी राख्नेहरूलाई मारिदिन सकिने भनिएको थियो। उक्त निर्देशनले घर नछाड्नेहरूमाथि घातक बल प्रयोग गर्न सक्ने इजाजत दिएको थियो।"

उनले त्यसलाई टार्न खोजे पनि उक्त कार्य अघि बढ्यो।

अब्दुल रहिम अल–हुवाइतीले भूमि दर्ता समितिलाई आफ्नो सम्पत्तिको मूल्याङ्कन गर्न दिन अस्वीकार गरेका थिए। त्यसको अर्को दिन जमिन खाली गर्न बनेको संयन्त्रद्वारा उनी मारिए। त्यसअघि उनले जबर्जस्ती बेघर गर्न खोजिएको विषयमा सामाजिक सञ्जालमा कैयौँ भिडियो पोस्ट गरेका थिए।

साउदी सरकारले जारी गरेको वक्तव्यमा अल–हुवाइतीले सुरक्षा बलमाथि गोली चलाएका कारण जबाफी कारबाही गरिएको बताए पनि संयुक्त राष्ट्रसङ्घ र मानव अधिकार सङ्गठनहरूले भने विरोध प्रदर्शनकै कारण उनी मारिएको बताएका छन्।

बीबीसीले घातक बल प्रयोग गर्न इजाजत दिइएको भन्ने कर्नेल एलेनेजीको भनाइलाई स्वतन्त्र रूपले पुष्टि गर्न सकेन।

'शोक व्यक्त गर्दा' पनि गिरफ्तार

संयुक्त राष्ट्रसङ्घ र एएलक्यूएसटी समूहका अनुसार उक्त क्षेत्र खाली गर्ने कामको विरोध गर्ने कम्तीमा ४७ जना स्थानीयवासीलाई हिरासतमा लिइनुका साथै कतिपयलाई आतङ्कवादसम्बन्धी मुद्दा लगाइएको थियो। तीमध्ये ४० जना हिरासतमै छन् भने पाँच जनालाई मृत्युदण्ड सुनाइएको समूहले भनेको छ।

अल–हुवाइतीको मृत्युबारे सामाजिक सञ्जालमार्फत् शोक व्यक्त गर्ने केहीलाई समेत गिरफ्तार गरिएको समूहले जनाएका छ।

साउदी अधिकारीहरूका अनुसार 'द लाइन'का निम्ति स्थानान्तरण गराउन आवश्यक ठानिएकालाई मुआब्जा प्रस्ताव गरिएको थियो। तर एएलक्यूएसटी समूहका अनुसार कबोल गरिएकोभन्दा निकै कम रकम मात्रै उपलब्ध गराइएको थियो।

कर्नेल एलेनेजीका अनुसार "नीअम मोहम्मद बिन सलमानको सोचको केन्द्रमा छ। त्यसैले उनी हुवाइतातहरूप्रतिको व्यवहारमा निर्मम भए।"

असन्तुष्ट अन्य पक्षहरू

नीअम स्की प्रोजेक्टका वरिष्ठ कार्यकारी अधिकारीका रूपमा पहिले काम गरेका एन्डी विर्थले बीबीसीलाई बताएअनुसार अमेरिका छाड्नुअघि नै अल–हुवाइतीको मृत्युबारे सुनेका उनले आफ्ना रोजगारदातासँग स्थानीयवासीलाई हटाइएकोबारे सोधेका थिए, तर उनले सन्तोषजनक उत्तर पाएनन्।

उनले भने, "त्यहाँका स्थानीयमाथि भयानक केही भएको थियो भन्ने आभास भइरहेको थियो।"

व्यवस्थापनसँगको असन्तुष्टिका कारण उनले एक वर्ष नपुग्दै काम छाडे।

'द लाइन'अन्तर्गत झन्डै १० करोड अमेरिकी डलरबराबरको एउटा परियोजनाबाट हात झिकेको एक कम्पनीका मुख्य कार्यकारी अधिकारी पनि परियोजनाको आलोचना गर्छन्।

"उक्त क्षेत्रमा बस्ने र उच्च प्रविधि चलाउने केही मान्छेका लागि यो राम्रो होला, तर अरूका लागि के त");