'विरोधीलाई चुप लगाउन मानसिक अस्पतालमा थुन्ने गरेको' भन्ने चीनमाथिको आरोप के हो
सरकारी निकायहरूको विरोध गर्ने मानिसहरूलाई चीनका अधिकारीहरूले 'जबरजस्ती नियन्त्रणमा लिई मानसिक अस्पतालमा भर्ना गरिदिने गरेको' बीबीसी आई इन्भेस्टिगेशनले पत्ता लगाएको छ।
चीनका सञ्चारमाध्यमले 'मानसिक रोगी बनाइने' भन्ने गरेको यस्तो प्रवृत्तिलाई एक दशकअघि एक कानुन बनाएर गैरकानुनी घोषित गरिए पनि त्यो अझै कायम रहेको बीबीसीले पत्ता लगाएको छ।
त्यसरी पीडित बनाइएको भनिएका केही व्यक्ति र उनीहरूको अधिकारका लागि कार्यरत एक वकिलसँग कुरा गरेर बनाइएको यो भिडिओ हेर्नुहोस्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।