नेपालको बिजुली बाङ्ग्लादेश पठाउनेसम्बन्धी सम्झौताका लागि मिल्न बाँकी कुरा के हुन्?

ट्रान्समिसन लाइन

तस्बिर स्रोत, EPA

नेपालमा उत्पादित ४० मेगावाट बिजुली बाङ्ग्लादेशलाई बिक्री गर्नका लागि प्रति युनिट शुल्कबारे दुई देशबीच सहमति बन्न नसक्दा त्यससम्बन्धी सम्झौतामा केही ढिलाइ भइरहेको नेपाली अधिकारीहरूले बताएका छन्।

यद्यपि दुवै देशबीच बिजुली खरिद तथा बिक्रीबारे सहमति बनिसकेकाले आगामी केही दिनभित्रै शुल्कबारे पनि सहमति जुट्नेमा अधिकारीहरू आशावादी देखिएका छन्।

बीबीसी बाङ्ग्लाले बाङ्ग्लादेशका उच्च ऊर्जा अधिकारीहरूसँग पनि यसबारे कुराकारी गर्ने प्रयास गरेको थियो।

यद्यपि उनीहरूले "तत्काल" नेपाल-बाङ्ग्लादेश ऊर्जासम्बन्धी छलफलबारे विस्तृत विवरण दिन अस्वीकार गरेका छन्।

केही साताअघिदेखि नै नेपालले बाङ्ग्लादेशलाई बिक्री गर्ने जलविद्युत्‌को मूल्य निर्धारण हुन लागेका विवरणहरू आएका थिए।

तर दुई देशका ऊर्जा अधिकारीबीच ढाकामा एउटा महत्त्वपूर्ण बैठक भएको दुई साता बितिसक्दा पनि अझै त्यसबारे सम्झौता हुन सकिरहेको छैन।

नेपाल विद्युत् प्राधिकरण र बाङ्ग्लादेश पावर डेभलपमेन्ट बोर्डबीच गत फागुन १० गते नै मूल्य निर्धारणसम्बन्धी सहमति बन्ने ठानिएको थियो।

त्यस दिन दुई देशका यी ऊर्जासम्बन्धी निकायका प्रतिनिधिहरूबीच ढाकामा एउटा बैठक पनि भएको थियो।

तर त्यस दिन सम्झौता हुन नसकेको नेपाली ऊर्जा अधिकारीहरूले स्वदेश फर्केपछि बीबीसीलाई बताएका थिए।

शुल्कबारे सहमति जुट्न बाँकी

नेपाल र बाङ्ग्लादेशबीच भारतको बाटो र पूर्वाधार प्रयोग गरेर नेपाली बिजुली खरिद तथा बिक्री गर्ने सहमति भने बनिसकेको छ।

फागुन दोस्रो साताको बैठकपछि नेपाली टोलीको नेतृत्व गरेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बीबीसीसँग भनेका थिए, "हामी दुईबीच सकारात्मक छलफल भएको छ। केही सामान्य प्राविधिक विषयहरू छन् ती टुङ्गिने बित्तिकै सम्झौता हुन्छ।"

'शुल्कमा सहमति जुट्न नसकेको हो");