राष्ट्र ब्याङ्कले 'समस्याग्रस्त' संस्थाको जिम्मा लिएपछि बचतकर्ताले रकम फिर्ता पाउन कति सहज

- Author, विष्णु पोखरेल
- Role, बीबीसी न्यूज नेपाली
नेपालको केन्द्रीय ब्याङ्कले पश्चिम नेपालको एउटा ब्याङ्कलाई 'समस्याग्रस्त' घोषणा गर्दै व्यवस्थापन आफ्नो नियन्त्रणमा लिएपछि त्यसमा रहेको सर्वसाधारणको बचत के हुन्छ भन्ने चासो उत्पन्न भएको छ।
नेपाल राष्ट्र ब्याङ्कले कस्तो अवस्थामा वित्तीय संस्थाहरूको व्यवस्थापन नियन्त्रणमा लिन्छ भन्नेबारे पनि धेरैले जिज्ञासा राखिरहेका छन्।
राष्ट्र ब्याङ्कको गत बुधवार बसेको सञ्चालक समितिको बैठकले नेपालगन्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली डिभेलप्मन्ट ब्याङ्कको व्यवस्थापन नियन्त्रणमा लिने निर्णय गरेको थियो।
उक्त ब्याङ्क समस्यामा परेको भन्दै गत महिना राष्ट्र ब्याङ्कले उसले गर्ने कारोबारमा रोक लगाएको थियो।
अब ब्याङ्क कसरी सञ्चालन हुन्छ?

तस्बिर स्रोत, NRB
'ख' वर्गको उक्त ब्याङ्कलाई 'समस्याग्रस्त' घोषणा गरेपछि अब राष्ट्र ब्याङ्क आफैँले त्यसलाई सञ्चालन गर्ने छ। त्यसका लागि उसले एउटा समूह गठन गरेको जनाएको छ।
आफ्नो निर्णय सार्वजनिक गर्दै राष्ट्र ब्याङ्कले "अर्को व्यवस्था नभएसम्म" त्यसको व्यवस्थापन उक्त समूहले हेर्ने जनाएको हो।
बुधवार राष्ट्र ब्याङ्कद्वारा जारी विज्ञप्तिमा भनिएको छ, "उक्त संस्था सञ्चालनका निम्ति ब्याङ्क तथा वित्तीय संस्था नियमन विभागका उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीनसदस्यीय व्यवस्थापन समूह गठन गरिएको छ।"
"समूहमा वित्तीय संस्था सुपरिवेक्षण विभागका उपनिर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उपनिर्देशक जुगलकिशोर कुशवाहालाई सदस्य तोकिएको छ।"
"समूहले मिति २०८१ पुस ११ देखि नै उक्त संस्थाको तोकिएको जिम्मेवारी सम्हाल्ने छ।"
व्यवस्थापन समूहको जिम्मेवारी
राष्ट्र ब्याङ्कले प्रचलित कानुनको अधिनमा रही उक्त समूहलाई विभिन्न अख्तियारी दिएको जनाएको छ।
राष्ट्र ब्याङ्कका अनुसार समूहले संस्थाको सञ्चालक समितिको काम पनि गर्ने छ।
त्यो समूहले संस्थाको विशेष साधारणसभाको काम, कर्तव्य र अधिकारको प्रयोग गर्ने अख्तियारी पनि पाएको छ।
राष्ट्र ब्याङ्कले भनेको छ, "व्यवस्थापन समूहलाई सर्वसाधारणको हित संरक्षणलाई केन्द्रित गर्दै बचतकर्ताको बचत भुक्तानी र संस्थाको ऋण असुलीलाई प्राथमिकता दिई कार्य गर्ने, संस्थाको 'ड्यू डिलिजन्स अडिट' सम्पन्न गराउन आवश्यक कार्य गर्ने, संस्थामा भएका वित्तीय अपचलनउपर आवश्यक छानबिन गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउनेलगायतका अख्तियारी प्रदान गरिएको छ।"
किन गरियो समस्याग्रस्त घोषणा?

तस्बिर स्रोत, NRB
कर्णाली डिभेलप्मन्ट ब्याङ्क लिमिटेडले नियामकसमेत रहेको केन्द्रीय ब्याङ्कले तोकेको कतिपय मूलभूत मापदण्डहरूको उक्त ब्याङ्कले पालन नगरेको राष्ट्र ब्याङ्कको दाबी छ।
राष्ट्र ब्याङ्कका अनुसार उक्त ब्याङ्कलाई समस्याग्रस्त घोषणा गर्नुपर्ने कारणहरू निम्न छन् :
- न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको
- संस्थागत सुशासनको अवस्था कमजोर भएको
- आर्थिक हिनामिनाको आशङ्का भएको
- कमजोर तरलता स्थितिसँगै संस्थाले भुक्तानी गर्नुपर्ने निक्षेप दायित्व पूरा गर्न नसकेको
- संस्थामा वित्तीय अपचलन भएको जानकारी प्राप्त भएको
- संस्थालाई यथास्थितिमा सञ्चालन हुन दिँदा निक्षेपकर्ताको हित सुरक्षित नहुने देखिएको
- समग्र ब्याङ्किङ प्रणालीप्रति नै अविश्वास सिर्जना हुने अवस्था देखिएको
- सर्वसाधारणको हित कायम गर्न संस्थालाई समस्याग्रस्त घोषणा गर्नुपर्ने आवश्यक देखिएको।
कस्तो अवस्थामा ब्याङ्कलाई समस्याग्रस्त मानिन्छ?

तस्बिर स्रोत, Getty Images
नेपाल राष्ट्र ब्याङ्क ऐनमा केन्द्रीय ब्याङ्कलाई अन्य ब्याङ्क तथा वित्तीय संस्थाहरूको निरीक्षण तथा सुपरिवेक्षण गर्ने अधिकार दिइएको छ।
त्यस्तै उक्त ऐनमा नै कुनै पनि ब्याङ्क वा वित्तीय संस्थाले प्रचलित कानुनअनुसार आफू समस्यामा परेको थाहा भएमा त्यसको जानकारी राष्ट्र ब्याङ्कलाई गराउनुपर्ने व्यवस्था पनि राखिएको छ।
त्यस्तै नियमअनुसार वित्तीय संस्थाहरूले आवधिक रूपमा राष्ट्र ब्याङ्कलाई उनीहरूको वित्तीय विवरण पनि बुझाइरहेका हुन्छन्।
यस्ता नियमनकारी गतिविधिका माध्यमबाट राष्ट्र ब्याङ्कले ब्याङ्क तथा वित्तीय संस्थाहरूको अवस्थाबारे निगरानी गरिरहेको हुन्छ।
उक्त ऐनको दफा ८६ मा 'आफू समस्यामा परेको जानकारी वित्तीय संस्थाले गराएमा' वा 'निरीक्षण तथा सुपरिवेक्षण प्रतिवेदनका आधारमा' केही आधारभूत समस्या देखिएमा त्यस्ता संस्थालाई समस्याग्रस्त मानिने उल्लेख छ।
ऐनमा 'अन्य कुनै पनि माध्यमबाट' वित्तीय संस्था समस्यामा परेको राष्ट्र ब्याङ्कले थाहा पाएमा पनि त्यसलाई समस्याग्रस्त घोषणा गर्न सक्ने प्रावधान राखिएको छ।
ऐनको उक्त दफामा भनिएको छ, "…देहायको कुनै अवस्था विद्यमान रहेको कुरामा ब्याङ्क (राष्ट्र ब्याङ्क) विश्वस्त भएमा ब्याङ्कले त्यस्तो वाणिज्य ब्याङ्क वा वित्तीय संस्थालाई लिखित सूचना दिई समस्याग्रस्त भएको वाणिज्य ब्याङ्क वा वित्तीय संस्थाको रूपमा घोषणा गर्ने छ।"
ती अवस्थाहरू यस्ता छन् :

- निक्षेपकर्ता, शेअरधनी, साहु वा सर्वसाधारणको हितविपरीत हुने गरी कुनै कार्य गरेको देखिएमा
- आफूले पूरा गर्नुपर्ने वित्तीय दायित्व पूरा नगरेमा वा गर्न सक्ने सम्भावना नभएमा वा गर्नुपर्ने रकम भुक्तानी गर्न नसकेमा
- दामासाहीमा परेको वा पर्न लागेको वा उल्लेखनीय रूपमा आर्थिक कठिनाइ भोगिरहेको भएमा
- यस ऐन, वाणिज्य ब्याङ्क तथा वित्तीय संस्थासम्बन्धी प्रचलित कानुन, अन्य प्रचलित कानुन, इजाजतपत्र प्रदान गर्दा तोकिएका सर्त वा ब्याङ्कको नियमन, निर्देशन वा आदेशको अवज्ञा वा उल्लङ्घन गरेको देखिएमा
- झुट्टा, जालसाज, गलत कागजात वा तथ्य पेस गरी इजाजतपत्र प्राप्त गरेको देखिन आएमा
- यस ऐन, वाणिज्य ब्याङ्क तथा वित्तीय संस्थासम्बन्धी प्रचलित कानुन तथा ब्याङ्कले समयसमयमा दिएको निर्देशनबमोजिमको न्यूनतम पुँजीकोष कायम गर्न नसकेमा
- प्रचलित कानुनबमोजिम कुनै वाणिज्य ब्याङ्क वा वित्तीय संस्थाको खारेजी (लिक्विडेशन) वा फरफारख वा दामासाहीसम्बन्धी कानुनी कारबाही अघि बढाइएको भएमा
- स्वेच्छिक खारेजीको कारबाही सुरु भएकोमा त्यस्तो कारबाही पूरा गर्न अनुचित ढिलाइ भएमा
- कुनै विदेशी वाणिज्य ब्याङ्क वा वित्तीय संस्थाको संलग्नतामा स्थापना भएको वाणिज्य ब्याङ्क वा वित्तीय संस्था भएमा त्यस्तो विदेशी वाणिज्य ब्याङ्क वा वित्तीय संस्था दामासाहीमा वा खारेजीमा परेमा वा खारेजीमा परी लिक्विडेटर नियुक्त भएमा वा त्यस्तो वाणिज्य ब्याङ्क वा वित्तीय संस्थाको ब्याङ्किङ कारोबार गर्ने इजाजतपत्र सम्बन्धित मुलुकको कानुनबमोजिम खारेज भएमा वा कारोबारमा आंशिक वा पूर्णरूपले प्रतिबन्ध लागेमा वा त्यस्ता वाणिज्य ब्याङ्क वा वित्तीय संस्थासँग सम्मिलित भई ब्याङ्किङ कारोबार सञ्चालन गरेको देखिएमा
- वाणिज्य ब्याङ्क वा वित्तीय संस्थाले आफूले गर्नुपर्ने भुक्तानी वा पूरा गर्नुपर्ने दायित्व वा कामकर्तव्यमा प्रतिकूल असर पार्ने अवस्था विद्यमान भएको कुरामा ब्याङ्क विश्वस्त भएमा।
सर्वसाधारणको बचत के हुन्छ?

राष्ट्र ब्याङ्कले व्यवस्थापनको जिम्मा लिएको कर्णाली डिभेलप्मन्ट ब्याङ्कमा रहेको निक्षेपकर्ताहरूको बचत रकम के हुन्छ भन्ने धेरैले चासो व्यक्त गरिरहेका छन्।
'अब निक्षेपकर्ताको रकम के हुन्छ"चीन र पाकिस्तानको राष्ट्रिय झण्डा अगाडि उभिएर मुस्कुराउँदै पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफ र चिनियाँ राष्ट्रपति सी जिन्पिङ हात मिलाउँदै " loading="lazy" width="871" height="490" style="aspect-ratio:871 / 490" class="bbc-139onq"/>