'कानुनले दोस्रो पटक हाम्रो विवाह गरिदिएको छ'
समलिङ्गी जोडी माया गुरुङ र सुरेन्द्र पाण्डेको विवाह लमजुङको दोर्दी गाउँपालिकामा औपचारिक रूपमा दर्ता भएपछि आफूहरू बल्ल यो देशको नागरिक बनेको महसुस भएको उनीहरूले बताएका छन्।
समलिङ्गी विवाह दर्ता गराउने उनीहरू पहिलो नेपाली जोडी हुन्।
समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने नेपाल दक्षिण एसियामा पहिलो मुलुक बनेको छ।
गत असारमा सर्वोच्च अदालतले गुरुङ र सुरेन्द्र पाण्डेको विवाह दर्ता गर्न आदेश दिएको थियो।
तर काठमाण्डू जिल्ला अदालतले कानुनी अस्पष्टता रहेको तर्क गर्दै उनीहरूको विवाह दर्ता गर्न अस्वीकार गरेको थियो।
त्यसपछि उनीहरुले लमजुङमा गएर विवाह दर्ता गराएका हुन्।
“कानुनले हाम्रो दोस्रो विवाह गरिदिएको छ। हाम्रो विवाहले कानुनी मान्यता पाएकोमा धेरै धेरै खुसी छौँ,” समलिङ्गी जोडी माया गुरुङले बीबीसी न्यूज नेपालीलाई बताइन्।
हेर्नुहोस् सुरेन्द्र पाण्डे र माया गुरुङसँग कुराकानी गरेर सृजना श्रेष्ठले बनाएको यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।