एसईई परीक्षामा कसिलो खालको नयाँ ग्रेडिङ प्रणालीले कस्तो असर पार्ला?

तस्बिर स्रोत, RSS
- Author, प्रदीप बस्याल
- Role, बीबीसी न्यूज नेपाली
असार दोस्रो साता सार्वजनिक हुने अपेक्षा गरिएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजामा यस पटक पास हुनका लागि ३५ अङ्क ल्याउनै पर्ने नयाँ व्यवस्थाले गर्दा उत्तीर्ण दर घट्न सक्ने ठानिएको छ।
बोर्डका एक जना अधिकारीले कसिएको नयाँ व्यवस्थाले पास हुने दरमा 'केही असर' गर्ने भए पनि व्यापक रूपमा गुनासो आएको विद्यार्थीको गुणस्तरको सवाललाई भने सम्बोधन गर्ने बताउँछन्।
बोर्डका सदस्यसचिव जङ्गबहादुर अर्यालले बीबीसीसँग भने, "यस पटक गरिएको सैद्धान्तिकतर्फ ३५ प्रतिशत र प्रयोगात्मकतर्फ ४० प्रतिशत ल्याएर बेग्लाबेग्लै रूपमा पास हुनुपर्ने नयाँ व्यवस्थाले पक्कै पनि पास हुने दर केही घटाउँछ।"
एसईईलाई लेटर ग्रेडिङ प्रणालीमा लगिए पनि नयाँ व्यवस्था अनुसारको उक्त अङ्क ल्याउन नसक्ने विद्यार्थी 'अवर्गीकृत' श्रेणीमा अर्थात् अनुत्तीर्ण मानिनेछन्।
उनीहरूले ग्रेड हासिल गर्न नसकेका त्यस्ता विषयका लागि मात्र तीन वर्षसम्म परीक्षा दिन पाउनेछन्।
विद्यालय शिक्षाका एक जना जानकार धनञ्जय शर्माले विद्यालय शिक्षाको गुणस्तर निकै खस्किएपछि त्यसलाई सुधार गर्न एउटा सीमा तय गर्नुपर्ने भएपछि ग्रेडिङ प्रणालीमा गरिएको यस परिवर्तन स्वागतयोग्य भएको बताउँछन्।
"यसले अनुत्तीर्ण हुनेहरू पक्कै पनि बढ्छन्। त्यसले हाम्रो शैक्षिक र आर्थिक क्षति पनि हुन्छ। तर गुणस्तर नराम्रोगरी खस्किन दिनुभन्दा त नतिजा प्रणालीमा एउटा सीमा तोकिदिनु नै राम्रो हुन्छ।"
अङ्क दिने अघिल्लो व्यवस्थामा किन उठ्यो प्रश्न?

तस्बिर स्रोत, ASHOK DAHAL/BBC
झन्डै नौ वर्षअघि नेपालमा अङ्क प्रणालीको एसएलसीलाई विस्थापित गर्ने लेटर ग्रेडिङ प्रणालीको एसईई प्रचलन ल्याइएको थियो।
जस अन्तर्गत सुरुमा नौवटा ग्रेड कायम गरिएको थियो र त्यसमा २० प्रतिशतभन्दा कम ल्याउनेलाई अवर्गीकृत मानिन्थ्यो।
तर त्यसअन्तर्गत सैद्धान्तिकतर्फ कम अङ्क ल्याउने विद्यार्थीलाई समेत विद्यालयले 'अस्वाभाविक रूपमा उच्च' प्रयोगात्मक तर्फको अङ्क दिँदा लेटर ग्रेडिङ प्रणालीमा विद्यार्थीहरू फेल नै नहुने गलत सन्देश गएको शिक्षा अधिकारीहरू बताउँछन्।
लेटर ग्रेडिङ प्रणालीमा सबै विषयमा प्रयोगात्मक अङ्क तोकिएकाले पनि त्यस्तो गलत प्रवृत्ति देखा परेको भन्दै अधिकारीहरूले ग्रेडिङ प्रणालीलाई 'कसिलो' बनाइएको बताउँछन्।
यद्यपि सैद्धान्तिक तर्फको ३५ प्रतिशत उत्तीर्णाङ्क लेटर ग्रेडिङमा जानुभन्दा अगाडि रहेको प्रणालीको भन्दा बढ्ता हो। सो पुरानो प्रणालीमा ३२ प्रतिशत अङ्क ल्याउने पास हुनेगर्थे।
"दक्ष जनशक्ति उत्पादन गर्ने क्रममा पहिलेको खुकुलो अङ्क प्रणालीले राम्रो गरेन कि भन्ने चिन्ता देशभित्रै र बाहिरबाटै समेत आउन थालेको थियो," सदस्य सचिव अर्याल भन्छन्।
"यस परिवर्तनसँगै पढाइमा, बुझाइमा र सिकाइमा आएको समस्यामा केही सुधार हुन्छ कि भन्ने लागेको छ।"
विद्यालय शिक्षाका विज्ञ धनञ्जय शर्माले लेटर ग्रेडिङमा गए तापनि 'त्यसको मर्मलाई बुझ्न नसक्दा' शिक्षक र विद्यालयहरूबाटै त्यसको दुरूपयोग भएको टिप्पणी गर्छन्।
"शिक्षकलाई नपत्याएर पनि भएन। हामीले प्रयोगात्मक अङ्क दिने वैज्ञानिक विधि बनाउन नसक्दा हामीसँग अर्को उपाय पनि देखिँदैन। तर शिक्षकहरूबाटै बेइमानी भयो। उनीहरू गुरु बन्न सकेनन्। कर्मचारीका रूपमा प्रस्तुत भइदिए," शर्मा भन्छन्।
"प्रयोगात्मकको समेत अङ्क जोडेर पास हुने अङ्क तयार गर्दा सैद्धान्तिकमा अति कम तर प्रयोगात्मकमा भने अस्वाभाविक पूरा २५ अङ्क दिँदा गुणस्तरमाथि प्रश्न उठ्न थालेको थियो।"
लाखौँ सहभागी हुने परीक्षा
बोर्डका अनुसार २०८० सालको एसईई परीक्षामा कुल पाँच लाख ४,४१४ विद्यार्थी सहभागी छन्।
सामुदायिक र सरकारी गरेर देशभरिका कुल १०,८०६ विद्यालयका विद्यार्थीहरू उक्त परीक्षामा सहभागी भएका थिए।
तर पुरानो अङ्क दिने व्यवस्था अनुसार भएका पछिल्ला दुई वर्षका एसईई परीक्षामा ३ प्रतिशतभन्दा कम विद्यार्थी मात्र 'अवर्गीकृत' श्रेणीमा परेका थिए।
त्यसअघि कोभिड महामारीका कारण दुई वर्षका एसईई परीक्षा विद्यालयको आन्तरिक मूल्याङ्कनबाटै सञ्चालन हुँदा नतिजाको गुणस्तरमा प्रश्न उठाइएका थिए।
परीक्षा बोर्डका सदस्य सचिव जङ्गबहादुर अर्यालले अहिलेको प्रणालीमा विद्यालयको जिम्मेवारी विशेष हुने र त्यसमा उनीहरूलाई विश्वास गर्नुको विकल्प नहुने बताउँछन्।
उनी भन्छन्: "वहाँहरूको विद्यार्थी को, कस्तो छ, कति जानेको छ भन्ने उहाँहरूले जसरी अरू कसैले बुझेको हुँदैन। त्यो जिम्मेवारीलाई राम्रोसँग वहन गर्ने काम उहाँहरूबाट खोज्नुको विकल्प छैन।"
विद्यालय शिक्षा विज्ञ धनञ्जय शर्मा भन्छन्: "हामीकहाँ अहिलेसम्म अङ्क दिने र अङ्कलाई हेर्ने प्रणाली उस्तै छ। मात्र अङ्कलाई अक्षरले विस्थापित गरेका छौँ। त्यतिलाई मात्र कसरी लेटर ग्रेडिङ प्रणाली भन्ने"चीन र पाकिस्तानको राष्ट्रिय झण्डा अगाडि उभिएर मुस्कुराउँदै पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफ र चिनियाँ राष्ट्रपति सी जिन्पिङ हात मिलाउँदै " loading="lazy" width="871" height="490" style="aspect-ratio:871 / 490" class="bbc-139onq"/>