जब मिल्ने साथीले 'डीपफेक' गरेर 'पोर्न' साइटमा तस्बिर राखे...

तस्बिर स्रोत, Getty Images
- Author, केट वेस्ट
- Role, बीबीसी फाइल अन फो
"जोडी" ले 'डीपफेक' गरिएको आफ्नो 'अश्लील' तस्बिर फेला पारिन् तर त्यसपछि अर्को कुराले उनलाई झन् नराम्ररी झट्का दियो। उनले 'बीबीसी फाइल अन फोर'सँग त्यस्तो डीपफेक गर्ने व्यक्ति आफ्नो एकदमै मिल्ने साथी भएको थाहा पाउँदा कस्तो महसुस भयो भनेर बोलेकी छन्।
चेतावनी : यो सामग्रीमा यौन हिंसाको व्याख्या गरिएको छ
सन् २०२१ को वसन्त ऋतुमा जोडी (परिवर्तन गरिएको नाम) लाई एउटा अपरिचित इमेल ठेगानाबाट 'पोर्न' वेबसाइटको लिङ्क प्राप्त भयो।
त्यो लिङ्क खोलेर हेर्दा उनले आफ्नो स्पष्ट गरि देखिने तस्बिर र भिडिओहरू भेटिन्। तिनमा उनले थुप्रै पुरुषहरूसँग यौन सम्पर्क राखेको देखिन्थ्यो।
ती तस्बिर र भिडिओमा कुनै अर्कै महिलाको शरीरमा जोडीको अनुहार जोडिएको रहेछ। यस्तो कामलाई 'डीपफेक' भनिन्छ।
कसैले जोडीको 'डीपफेक' गरिएको तस्बिर पोर्न साइटमा पोस्ट गरेको थियो। त्यसमा ती व्यक्तिले उनको तस्बिरले आफूलाई "कामुक" बनाएको र साइटका अन्य प्रयोगकर्ताले पनि त्यस्तै फेक सामग्री बनाउन सक्छन् कि भनेर त्यो सोधिएको थियो।
त्यस्तो फेक तस्बिर बनाए जोडीका थप तस्बिरहरू र उनीबारे थप जानकारी दिने प्रस्ताव ती प्रयोगकर्ताले गरेका थिए।
आफ्नो अनुभवबारे पहिलो पटक बोल्दै जोडीले भनिन्, "आफ्नो फोनको स्क्रीन स्क्रोल गर्दै थप सामग्री हेर्दै गएँ। त्यो पढेँ र चिच्याउँदै रोँए।
उनले थपिन्, "मलाई थाहा थियो कि यसले मेरो जीवन साँच्चै खराब गर्नेछ."
उक्त पोर्न साइट हेर्दै जाँदा जोडीले "आफ्नो सारा संसार नै खसेको जस्तो" महसुस गरिन्।
त्यस क्रममा उनले एउटा तस्बिर देखिन् जसले उनलाई भयभीत महसुस गरायो।
एकपछि अर्को नराम्रो घटना
जोडी यस्तो निसानामा परेको यो पहिलो पटक थिएन। उनी वर्षौँदेखि अपरिचित व्यक्तिबाट अनलाइन दुर्व्यवहारमा पर्दै आएकी थिइन्।
जोडी किशोरी हुँदा उनले आफ्नो नाम र तस्बिर सहमतिबिना कुनै डेटिङ एपमा प्रयोग भएको पत्ता लगाएकी थिइन्।
आफ्नो तस्बिरलाई डीपफेक गरेर अश्लील बनाउने व्यक्ति को हो भनेर उनले खोज्ने कोसिस गरिन्। जब उनले पत्ता लगाइन्, उनी निकै विक्षिप्त भइन्।
यो वर्षौँसम्म चल्यो। सन् २०१९ मा उनले एक अपरिचितबाट फेसबुकमा एउटा सन्देश पाइन्। ती अपरिचितले लण्डनको लिभरपूल स्ट्रीट स्टेशनमा डेटका लागि आफूले जोडीलाई भेट्ने उल्लेख गरेका थिए।
जोडीले ती व्यक्तिलाई त्यो व्यक्ति आफू नभएको बताइन्। उनले ती अपरिचितले आफ्नोबारे अनलाइन माध्यममार्फत् सबै थाहा पाएको भन्ने जानेपछि असाध्यै विक्षिप्त भएको महसुस गरिन्।
सन् २०२० को मे महिनामा यूकेमा लकडाउनको बेला जोडीलाई उनका एक साथीले सचेत गराएका थिए। थुप्रै ट्विटर खाताबाट उनी यौनकर्मी हुन् भन्ने विवरणसहितका उनका तस्बिरहरू प्रेषित गरिएका थिए।
"तपाईँलाई यी किशोरीसँग के गर्न मन छ"चीन र पाकिस्तानको राष्ट्रिय झण्डा अगाडि उभिएर मुस्कुराउँदै पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफ र चिनियाँ राष्ट्रपति सी जिन्पिङ हात मिलाउँदै " loading="lazy" width="871" height="490" style="aspect-ratio:871 / 490" class="bbc-139onq"/>