'यौनकर्मी महिलाले पनि सुत्केरी बिदा, निवृत्तिभरणको अधिकार पाउने व्यवस्था'
यौनकर्मी महिलालाई श्रम अधिकार दिने बेल्जिअम पहिलो राष्ट्र बनेको छ। नयाँ कानुन बनेपछि अब त्यहाँ यौनकर्मीहरूले स्वास्थ्य बीमा, निवृत्तिभरण, बिरामी बिदा र सुत्केरी बिदाको सुविधा पाउने छन्।
उक्त व्यवसायलाई नियमन गर्नका लागि यसलाई अभूतपूर्व कदम मानिएको छ। विश्वका अरू देशमा यौन व्यवसायलाई राज्यले त्यसरी संरक्षण प्रदान गर्दैन।
विश्वभरि झन्डै ५.२ करोड यौनकर्मी छन्। के यो कानुनले तिनको हक र हितका लागि मार्गदर्शन गर्ला त? कि केही भूतपूर्व यौनकर्मीहरूले बीबीसीलाई बताए झैँ यो "शोषणलाई सामान्य बनाउने भयानक कानुन" हो?
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।