'म १८ वर्ष हुँदासम्म पढ्न सक्दिनथेँ- अहिले म केम्ब्रिज विश्वविद्यालयमा प्रोफेसर छु'

भिडिओ क्याप्शन सुरु हुँदैछ, अठार वर्षमा लेखपढ सुरु

उमेर १८ वर्ष पुग्दासम्म पढ्न र लेख्न नजानेका एक अश्वेत मूलका व्यक्ति यूकेको केम्ब्रिज विश्वविद्यालयमा प्रोफेसर बनेका छन्।

जेसन आर्डीलाई अटिजम भएको खुट्याइएको थियो। उनी ११ वर्षको हुन्जेल सम्म बोल्न पनि सक्दैनथे। 

अहिले ३७ वर्षका उनी विश्व प्रसिद्ध केम्ब्रिज विश्वविद्यालयमा शिक्षाको समाजशास्त्र विषयका प्रोफेसर नियुक्त भएका छन्। 

प्रोफेसर आर्डीले बीबीसीलाई भने अनुसार उनी उच्च शिक्षामा अल्पसङ्ख्यकको पहुँच कसरी पुर्‍याउने भन्नेमा विशेष चासो छ। 

अनि यो पनि: