टर्की भूकम्प: सामाजिक सञ्जालमा फैलिए यस्ता भ्रामक र मिथ्या सामग्री

तस्बिर स्रोत, Getty Images
टर्की र सिरियामा भूकम्प गएको केही घण्टाभित्रै भ्रामक र मिथ्या सूचनाहरू विभिन्न अनलाइन माध्यममा फैलिन थाले।
अरू देशका विपद्का तस्बिरहरू राखेर मानिसहरूले सोमवार आएको भूकम्पका कारण निम्त्याएको क्षति भन्दै दाबी गरेको पाइयो।
भाइरल भएका केही उदाहरणको हामीले तथ्यजाँच गरेका छौँ।
'परमाणुकेन्द्रमा विस्फोटन'
एक भेरिफाइड प्रयोगकर्ताको खाताबाट गरिएको ट्वीटमा टर्कीको भूकम्पका कारण एउटा परमाणुकेन्द्रमा विस्फोटन भइरहेको देखाइएको छ।
सो भिडिओ १२ लाख जनाभन्दा बढीले हेरेका थिए।

ट्वीटमा लेखिएको थियो, "प्रमाणित भइसकेको छैन, के यो वास्तविक हो");