सुकुम्वासीका नेता भन्छन्, 'अपार्टमेन्ट होइन, भूमिमा अधिकार चाहिन्छ'

भिडिओ क्याप्शन सुरु हुँदैछ, सुकुम्वासीका नेता भन्छन्, 'अपार्टमेन्ट होइन, भूमिमा अधिकार चाहिन्छ'

सुकुम्वासीका लागि भनेर झन्डै एक दशकअघि बनाइएका अपार्टमेन्ट अहिले प्राय: खाली छन् र केही फ्ल्याटमा सरकारी निकायहरू छन्।

थापाथलीस्थित सुकुम्वासी बस्तीबाट केही किलोमिटर दूरीमा नागार्जुन नगरपालिका, रानीवनमा बनाइएका ती अपार्टमेन्टमा सर्न सुकुम्वासीहरू भने तयार छैनन्।

भूमिमा अधिकार सुनिश्चित नभएसम्म ती अपार्टमेन्टमा सर्नु 'भाडामा बस्नुजस्तै' भन्दै अपार्टमेन्टले आफ्ना समस्याको समाधान नगर्ने संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा नेपालका अध्यक्ष कुमार कार्कीले बताए।

तर काठमाण्डू महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले सुकुम्वासीहरूलाई भाडामै राखेर भएपनि नदी किनारको व्यवस्थापनमा आफूहरूले ढिलाइ नगर्ने बताए।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

अनि यो पनि।