कोभिड: खोप नलगाएका र लगाएका व्यक्तिमा कोभिडका लक्षण कसरी फरक

कोभिड

तस्बिर स्रोत, Getty Images

  • Author, आन्द्रे बर्नथ
  • Role, बीबीसी विश्व सेवा

नाकबाट पानी बग्नु, टाउको दुख्नु, हाच्छिउँ आउनु, घाँटी दुख्नु र लहरे खोकी लाग्नु।

यी दुई वा दुईभन्दा बढी मात्रामा कोरोनाभाइरस विरूद्धका खोप लगाएर पनि कोभिड हुनेमा धेरैजसो देखिने लक्षण हुन्।

खोप नलगाएका मानिसहरूमा सबैभन्दा टाउको दुख्छ, त्यसपछि घाँटी दुख्छ, त्यसपछि नाकबाट पानी बग्छ, अनि ज्वरो आउँछ र अन्त्यमा खोकी लाग्छ।

यी तथ्यहरू यूकेमा दुई वर्षभन्दा धेरै समयदेखि घटनाहरूको निगरानी गरेपछि थाहा भएको हो।

प्रविधि कम्पनी जोईले विकास गरेको एउटा एपको सहायताले त्यस्तो अध्ययन गरिएको थियो।

उक्त तथ्याङ्कलाई किङ्स कलेज लन्डनका अनुसन्धानकर्ताहरूसँग मिलेर विश्लेषण गरिएको थियो जसलाई ब्रिटिश जनस्वास्थ्य सेवा एनएचएसले सघाएको थियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोभिड खोप लिन किन सन्देहः तपाईँको प्रश्नको उत्तर

सतचालीस लाखभन्दा धेरै उक्त डिजिटल प्लेटफर्ममा सूचीकृत भएका प्रयोगकर्ताहरूले कोभिड पोजिटीभ देखिएपछि आफूमा विकास भएका लक्षणबारे उल्लेख गरेका थिए।

जसका भरमा विज्ञहरूले धेरै साझा लक्षणहरूबारे वर्गीकरण गरेका छन् जुन महामारीभरि उल्लेख्य रूपमा परिवर्तन भएको छ।

ब्रिटिश सरकारबाट आर्थिक सहायता पाएको उक्त काम कोभिडका केही कम अपेक्षित प्रभावलाई बुझ्न लाभदायी भए।

जस्तो गन्ध वा स्वाद गुमाउने अवस्था।

कम तर सान्दर्भिक परिवर्तन

कम्तीमा दुई मात्रा खोप लगाएका मानिसहरूमध्ये धेरैमा देखिएका कोभिड लक्षणमा:

  • नाकबाट पानी बग्नु
  • टाउको दुख्नु
  • घाँटी दुख्नु
  • लहरे खोकी

कुनै मात्रा नलगाएकामा देखिने मुख्य लक्षणहरूमा:

  • टाउको दुख्नु
  • घाँटी दुख्नु
  • नाकबाट पानी बग्नु
  • ज्वरो
  • लहरे खोकी

मुख्य फरक भनेको खोप नलगाएकामा ज्वरो देखिन्छ जुन निकै गम्भीर समस्या देखाउने सङ्केत हो।

खोप लगाएका सङ्क्रमितहरूले दुई वा बढी मात्रा खोप नलगाउनेको तुलनामा धेरै टाउको दुख्ने र घाँटी दुख्ने बताएका छन्।

कोभिड खोप

तस्बिर स्रोत, Getty Images

"यो परिवर्तनको व्याख्या गर्ने कारण छ, जस्तो खोप लगाएका व्यक्तिमा कम गम्भीर लक्षण हुने कुरा," अनुसन्धानकर्ताहरूले भनेका छन्।

"हामीले तन्नेरीहरूमा देखिएको उच्च सङ्क्रमणलाई समेत ख्याल गर्नुपर्छ किनकि उनीहरूमा गम्भीर र स्पष्ट लक्षण देखिने सम्भावना कम हुन्छ," उनीहरूले भनेका छन्।

त्यसका लेखकहरूले लक्षणहरूको वर्गीकरण उक्त एप्लिकेसनमा राखिएका सूचनाका भरमा मात्र भएको भन्दै सजग गराएका छन्।

यो कोरोनाभाइरसको कुनै निश्चित भेरिअन्टमा केन्द्रित छैन।

कोभिडका लक्षणमा केही फरकपन देखिन सक्छ भन्ने कुरा समेत ख्याल गर्नु जरुरी छ।