नेपाल निर्वाचन: मतदाता बन्न के कुरामा ध्यान दिने? त्रुटि कसरी सच्याउने?

भिडिओ क्याप्शन सुरु हुँदैछ, नेपाल निर्वाचन: मतदाता बन्न के कुरामा ध्यान दिने? त्रुटि कसरी सच्याउने?

निर्वाचन आयोगले असार १ गतेदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य सुरु गर्ने बताएको छ।

आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गर्न लागिएको बताए।

मतदाता नियमावलीबमोजिम मतदाता बन्न योग्यता पुगी नाम दर्ता गर्न छुट भएका नेपाली नागरिकहरूले निर्वाचन आयोग जिल्ला कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा आयोगले तोकेका इलाका कार्यालयहरूमा गई मतदाता नामावली दर्ता गर्न सक्ने छन्।

यसका साथै विवरणमा रहेका त्रुटि सच्याउन, मतदाता नामावलीबाट नाम हटाउन, ठेगाना परिवर्तन गर्न, मतदानस्थल परिवर्तन गर्न सो अवधिमा गर्न सकिने अर्यालले बताए।

मतदाता कसरी बन्ने? यससम्बन्धी कमल परियारले बनाएको यो भिडिओ एक्स्प्लेनर हेर्नुहोस्।

अनि यो पनि