सगरमाथाः आङरिता शेर्पाका नाति भन्छन् 'हिमाल चढ्न सुने जस्तो सजिलो रहेनछ'

भिडिओ क्याप्शन सुरु हुँदैछ, सगरमाथा चढ्न सुने जस्तो सजिलो रहेनछः तेस्रो पुस्ताका सफल आरोही

हिउँचितुवाको उपनामले परिचित कीर्तिमानधारी आरोही आङरिता शेर्पाका नाति तेन्जिङ जाङ्बु शेर्पा पनि आफ्ना पितापुर्खाको पदचाप पछ्याउँदै सगरमाथाको शिखरमा पुगेका छन्।

कृत्रिम अक्सिजन प्रयोग नगरी १० पटक सगरमाथा चढेका आङरिता शेर्पाको सन् २०२० मा ७२ वर्षको उमेरमा निधन भएको थियो।

हजुरबुवाप्रति सम्मान व्यक्त गर्न आफूले सगरमाथा आरोहण गरेको नाति तेन्जिङ बताउँछन्।

तेइस वर्षीय तेन्जिङ अहिले बुवाआमासँग अमेरिकामा बसोबास गर्छन्। त्यहाँ उनी गाडी मेकानिकका रूपमा कार्यरत छन्।

अहिले शेर्पा समुदायका युवाहरू आरोहणबाट टाढिँदै गएकोमा उनी त्यति सन्तुष्ट देखिँदैनन्। आफ्ना बाबुबाजेको नाम जोगाइराख्न पनि आफू हिमाल चढिरहने उनको इच्छा छ।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

अनि यो पनि