बालेनः काठमाण्डू महानगर कार्यपालिका बैठकको प्रत्यक्ष प्रसारणबारे तर्कवितर्क, के भन्छ कानुन

तस्बिर स्रोत, RSS
नवनियुक्त मेयर बालेन्द्र शाह बालेनले आफ्नो निर्वाचन अभियानमा वाचा गरेअनुसार काठमाण्डू महानगर कार्यपालिकाको बैठकको प्रत्यक्ष प्रसारण भएपछि त्यसबारे विभिन्न टीकाटिप्पणी भएको छ।
महानगर प्रमुखका रूपमा शाहले आफूले पद सम्हालेको पहिलो दिन नै त्यसलाई कार्यान्वयन गराए। तर उक्त कदमप्रति नवनिर्वाचित पदाधिकारीको तर्फबाटै बैठकमा प्रश्न पनि उठ्यो।
काठमाण्डू वडा नं ११ का अध्यक्ष हीरालाल तण्डुकारले प्रश्न गरेः "अघि हामीले शपथ गर्ने बेलामा गोपनीयता, अहिले हाम्रो चाहिँ 'ओपनीयता' भयो कि भएन");