बालेनः स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह कसरी काठमाण्डू महानगरमा निर्वाचित भए, अब उनका चुनौती कस्ता

घरदैलोको क्रममा बालेन्द्र शाह

तस्बिर स्रोत, Anup Magar

"क्रान्ति 'क'बाट होइन 'ज्ञ'बाट सुरु हुन्छ र त्यो 'ज्ञ' ज्ञान हो!" यस्तो नारा अङ्कित टी-शर्ट लगाएका युवाहरूको समूह काठमाण्डू महानगरपालिकाको मतगणना भइरहेको राष्ट्रिय सभागृहवरपर १३ दिन नै भेला भए।

टी-शर्टको अगाडिपट्टि छातीमा देखिनेगरी बालेन्द्र शाहको तस्बिर र ढाडमा अहिले निकै चर्चामा रहेको नाम "बालेन" प्रष्ट देखिन्थ्यो।

उनीहरूमध्ये कोही एउटा हातमा तथ्याङ्क टिपिएको कागज बोकी सभागृह परिसरबाट निस्किन्थे र बाहिर "बालेन जिन्दाबाद"को नारा लगाइरहेको भिड नजिकै पुग्थे अनि केही जानकारी दिएर फेरि भित्र फर्किन्थे।

त्यहाँ जम्मा भएको भिडले मतगणनामा बालेन निरन्तर अगाडि भएको र मतान्तर अझ फराकिलो बन्दै गएको थाहा पाउँथ्यो।

स्थानीय तह निर्वाचनमा काठमाण्डू महानगरपालिकाको मेयर पदका अन्य उम्मेदवारलाई बालेनले हजारौँ मत सङ्ख्याले पछाडि पारेको थाहा पाउँदा उनीहरू हर्षोल्लास गर्दै उफ्रिन्थे। थप चर्को नारा लगाउँथे। कोही गीत गाउँथे भने कोही नाच्थे।

के भन्छन् समर्थक?

मतगणना सुरु भएको पाँचौँ दिन गणनास्थलमा भेटिएका विनय शाक्यले पनि बालेनको तस्बिर अङ्कित टी-शर्ट लगाएका थिए।

स्वतन्त्र उम्मेदवारको मतगणना प्रतिनिधिको रूपमा त्यहाँ उपस्थित उनी भने भिडका अरू मानिसभन्दा केही चिन्तित देखिन्थे।

"बालेन दाइ अगाडि आउँदा खुसी छु तर अझै पनि के हुन्छ थाहा छैन। थोरै डर छ। अरूजस्तै पूर्ण रूपमा उत्साहित त जितेपछि मात्र भइन्छ," बीबीसीसँगको कुराकानीका क्रममा भनेका थिए।

विगत पाँच महिनादेखि बालेनको निर्वाचन अभियानमा आफू सक्रिय रहेको बताउने उनी उक्त समूहका फोटोग्राफर पनि हुन्।

उनी बालेन सँगसँगै काठमाण्डूका गल्लीहरूमा हिँडे, सर्वसाधारण मानिससँग भेट्दै काठमाण्डूलाई चाहिएको नयाँ जनप्रतिनिधिबारे प्रचारमा पनि सहभागी भए।

काठमाण्डू महानगर: स्थानीय तह निर्वाचन २०७९. स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह ठूलो मतान्तरले विजयी.  .

कम्प्युटर साइन्स तथा सूचना प्रविधिमा स्नातक तहको अध्ययन गरेको बताउने यी २४ वर्षीय युवक किन बालेनका पक्ष लागे त?

"पुराना राजनीतिक दलहरूबाट के पायौँ र");