नेपाल निर्वाचन: मतगणना सुस्त भएको भन्दै छिटो गणना गर्न यस्ता सुझाव
मतगणना अत्यन्त सुस्त भएको भन्दै चौतर्फी आलोचना भइरहँदा निर्वाचन आयोगका एकजना भूतपूर्व प्रमुखले समस्या समाधानका लागि राजनीतिक दल, सरकार र निर्वाचन आयोग बेलैमा गम्भीर बन्नुपर्ने बताएका छन्।
भूतपूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले एकैचोटि धेरै समूहमा गणना गर्ने, प्रत्यक्ष क्यामेराको सहयोगमा गणना गर्ने तथा विद्युतीय मतदान गर्नुपर्ने बताएका हुन्।
ललितपुर महानगरपालिकाकी उप-प्रमुख गीता सत्यालले प्रत्येक वडाको मत वडा तहमै गणना गर्न सकेमा दुई-तीन दिन मै मतपरिणाम आउने बताइन्।
महानगरमा एउटै मतपत्र गन्न २ देखि २० मिनेटसम्म लागिरहेको मतदान अधिकारीहरूले बताउँदै आएका छन्।
तर निर्वाचन आयोगले भने मतपरिणाम सकेसम्म चाँडो सार्वजनिक गर्ने पक्षमा आफूहरू रहेको भन्दै ५ दिनभित्र सबै स्थानीय तहका परिणाम सार्वजनिक गरिसक्ने दाबी दोहोर्याएका छन्।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।
अनि यो पनि।