कोभिड खोपको प्रमाणपत्र: 'क्यूआर कोड'बारे नबुझ्दा श्रमिकलाई सास्ती

तस्बिर स्रोत, RSS
सुनसरी बराह नगरपालिकाका २२ वर्षीय मनकुमार उराव शनिवार साउदी अरब जाँदै छन्। कोभिड-१९ का कारण पीसीआर परीक्षणको नतिजा अनिवार्य बोक्नुपर्ने भएकाले उनी दुई दिनअघि नै काठमाण्डू आए। शुक्रवार पीसीआर परीक्षणका लागि स्वाब समेत दिए।
तर उनलाई यात्रा गर्दा वा रोजगारीका लागि विदेशिँदा कोभिड-१९ विरुद्धको पूरा मात्रा खोप लगाएको क्यूआर कोडयुक्त प्रमाणपत्र चाहिन्छ भन्ने चाहिँ थाहा रहेनछ।
"मलाई त क्यूआर कोड भनेको के हो थाहा छैन। मैले त्यस्तो केही लिएको पनि छैन," उनले बीबीसीसँग भने।
सँगै परीक्षण गर्न पुगेका कसैले क्यूआर कोडविना विदेश जान नपाइने सुनाएदेखि उनी तनावमा रहेछन्। आफूसँग एक रात बस्न र खान पुग्ने बाहेक थप रकम नभएको सुनाए।
असमञ्जसमा रहेका उनले प्रश्न गरेः त्यसका लागि फेरि घरतिर जानुपर्छ त? मसँग त घर फर्कने भाडा पनि पुग्दैन।"
मनकुमारलाई रोजगारीका लागि साउदी अरब पठाउन लागेको कम्पनीले भने उनले पूर्ण मात्रा खोप लगाएको पुष्टि गर्न क्यूआर कोडसहितको प्रमाणपत्र लिइसकेको जानकारी दियो।
कम्पनीमार्फत् हाल साउदी अरबमा नेपाली कामदार पठाउँदै आएका रमेश कार्कीले भनेः"पीसीआर रिपोर्ट र खोप लगाएको क्यूआर कोड अनिवार्य छ। क्यूआर कोडका लागि उहाँहरू स्वयंले अनलाइन आवेदन भर्न नसक्ने भएकाले आवश्यक विवरण माग्छौँ र हामीले भरिदिन्छौँ।"
वैदेशिक रोजगारीका लागि जनशक्ति पठाउने अर्को कम्पनी भैरव इन्टरन्याश्नल सर्भिसका प्रकाश तामाङले पनि क्यूआर कोडका लागि कम्पनीले नै पहल गर्नुपर्ने बताए।
"श्रमिकहरूलाई क्यूआर कोड भनेकै थाहा हुँदैन। त्यसमाथि अनलाइन भर्नुपर्ने भएकाले हामीले नै सबै काम गरिदिन्छौँ। किनकि उनीहरूले जान्दैनन्," तामाङले भने।
आफ्नो क्यूआर कोड बनिसकेको थाहा पाएपछि मनकुमार उराव केही ढुक्क सुनिए। तर आफ्नो पीसीआरको 'नतिजा के आउँला");