कोभिड नेपालः के नेपालमा ओमिक्रोन भेरिअन्ट ओरालो लागेको हो?

भिडिओ क्याप्शन सुरु हुँदैछ, के नेपालमा ओमिक्रोन भेरिअन्ट ओरालो लागेको हो?

नेपालमा पछिल्लो केही दिनयता अतिसङ्क्रामक ओमिक्रोन भेरिअन्टको सङ्क्रमण दर ओरालो लाग्दै गएको विज्ञहरूले बताएका छन्।

चाँडै फैलिने र अधिकांश सङ्क्रमित व्यक्तिमा मध्यम खालका लक्षण देखिने यस भेरिअन्टका कारण १२ हजार जना भन्दा बढी मानिस एकै दिन सङ्क्रमित भेटिएका थिए।

माघको पहिलो हप्ता उच्च बिन्दुमा पुगेको सङ्क्रमण दर दोस्रो हप्तादेखि ओरालो लाग्दै गएकोले अब पुनः सङ्क्रमण दर उच्च बिन्दुमा नपुग्ने विज्ञहरूको ठहर छ।

त्यसका अतिरिक्त पहिला फेला परेका सङ्क्रमित निको हुने क्रम पनि बढे पनि स्वास्थ्य मापदण्ड पालनामा हेलचेक्र्याइँ नगर्न विज्ञको सुझाव छ।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।