स्त्री र पुरुष गुण एकैचोटि चित्रण गर्ने इन्डोनेशियाको परम्परागत नृत्य
रियान्तो पुरुषले महिलाको भेष बनाएर गर्ने परम्परागत इन्डोनेशियाली नृत्य लेङ्गेर लानाङका प्रसिद्ध कलाकार हुन्।
उनी पैसाका लागि नभएर आध्यात्मिक कारणले उनी उक्त नृत्य गर्न थालेको बताउँछन्।
उनको जीवनीमा बनेको 'मेमरीज अफ माई बडी' नामक चलचित्रले अन्तर्राष्ट्रिय ख्याति पाएको छ।
सन् २०१८ मा उक्त चलचित्रलाई इन्डोनेशियाबाट अस्कर पुरस्कारका लागि मनोनीत गरिएको थियो।
तर इन्डोनेशियामा रियान्तो प्रसिद्ध भएको देख्दा केही मानिसहरू असन्तुष्ट छन्।
रूढीवादी समूहहरूले उनको चलचित्रलाई प्रतिबन्ध लगाउन माग गर्दै अभियान नै सञ्चालन गरे।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि