डेङ्गी नियन्त्रण गर्न सेना परिचालनभन्दा पानी जम्न नदिनु प्रभावकारी उपाय

तस्बिर स्रोत, RSS
स्वास्थ्य मन्त्रालयले यो वर्ष चार हजारभन्दा धेरैलाई डेङ्गी रोगको सङ्क्रमण देखिएको भन्दै स्थिति अझ गम्भीर हुन नदिन सबैतिरबाट प्रयासको आह्वान गरेको छ।
नेपालका विभिन्न स्थानमा फैलिएको डेङ्गीको काठमाण्डू उपत्यकामा मात्रै ६० जनालाई सङ्क्रमण भएको बताइएको छ।
डेङ्गी रोग फैलन रोक्न सुरक्षा फौजको परिचालन गर्न सकिने चर्चा पनि चलेको छ।
विज्ञहरू भने रोग नियन्त्रणका लागि सेना परिचालनभन्दा जमेका पानी नष्ट गर्ने कार्यक्रम र सर्वसाधारणमा यसबारे शिक्षा दिँदा प्रभावकारी हुने बताउँछन्।
के भन्छ सेना?
नेपाली सेनाका प्रवक्ताले भने हालसम्म त्यस्तो परिचालनको खबर नआएको बताएका छन्।
विशेषगरी डेङ्गी रोग फैलाउने लामखुट्टेले अण्डा पार्ने जमेको पानी भएका ठाउँ खोज्दै नष्ट गर्न त्यस्तो परिचालन आवश्यक हुन सक्ने तर्क गरिएको छ।
तर इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा. बाबुराम मरासिनीका अनुसार त्यसरी फौज परिचालन गर्नु प्रभावकारी हुँदैन।

तस्बिर स्रोत, AFP
डा. मरासिनीले भन्छन्, "उनीहरूलाई नै रोग लाग्यो भने के गर्ने");