अर्को माओवादी जन्मिने, झन् ठूलो लडाइँ हुने: प्रचण्ड

प्रचण्ड

तस्बिर स्रोत, RSS

सरकारको नेतृत्व गरेको दल नेकपाका एकजना अध्यक्ष प्रचण्डले माओवादीलाई सिद्धाएको ठानिएमा अर्को माओवादी जन्मिने र झन् ठूलो लडाइँ हुने चेतावनी दिएका छन्।

नेकपा एमालेसँग एकता गरेर नयाँ पार्टी बनाएका उनीसँग भेनेजुएला प्रकरणमा प्रधानमन्त्री एवम् अर्का अध्यक्ष केपी शर्मा ओलीको फरक-फरक मत बाहिर आए लगत्तै प्रचण्डले त्यस्तो चेतावनी दिएका हुन्।

उनले भने, "बिस्तारै बिस्तारै अब माओवादीहरूलाई सिद्धयाइहालियो भन्ने कसैले ठानेको छ भने त्यो दूर्भाग्यपूर्ण हुन्छ, अर्को माओवादी जन्मिन्छ र झन् ठूलो लडाइँ हुने खतरा आउँछ।"

मधेश-पहाडमा एकसाथ बिकराल स्थिति

उनले जनआन्दोलन, शान्ति सम्झौता र संविधानको मर्म अनुसार शान्ति प्रक्रिया कार्यन्वयन् नभइरहेको ठम्याइ पनि सुनाए। आफ्नै दलका नेता गृहमन्त्री भएका बेला समेत उनले शान्ति सम्झौता विपरीत प्रहरीले गिरफ्तार गर्न थालेको बताए।

प्रचण्डले चेतावनी दिँदै भने, "हामीले नगरे पनि, हामी जहाँ छौं त्यही उभिँदा उभिँदै पनि मधेशमा एक ढङ्गले र पहाडमा अर्को ढङ्गले बिकराल स्थिति सृजना हुनसक्छ। त्यो हिजो जस्तो सजिलै १२ बुँदे, सजिलै शान्ति सम्झौतामा हस्ताक्षर र सजिलै देशलाई अघि बढाउने युगान्तकारी परिवर्तनतिर लाग्ने नहुन पनि सक्छ।"

'केन्द्रको अधिकार प्रदेश र स्थानीय तह सिंहदरबारबाट अधिकार प्रत्यायोजन नगर्न खोजिएको तथा पुरानै संरचना एवम् पुरानै तरिकालाई बलियो पार्नेतर्फ कदम अघि बढेको' प्रचण्डको बुझाइ छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, नेकपाका अध्यक्ष प्रचण्डसँग विशेष अन्तर्वार्ता

भयानक द्वन्द्व

उनी भन्छन्, "अहिले कार्यान्वयनको प्रक्रिया हेर्दा स्थानीय तह र प्रादेशिक तहबारे संविधानले व्यवस्था गरेको मर्मका साथ कार्यान्वयन हुँदै गएको छ त? ति बिस्तारै कामजोर पारिँदै त छैनन्");