बिरामीहरुलाई यौनिकताबारे प्रश्न सोधिने

यौनिकता

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, साक्षात्कारका बेला बिरामीको यौनिकताबारे सोध्नुपर्ने नयाँ निर्देशिका आएको छ

एनएचएस (न्याशनल हेल्थ सर्भिस)को नयाँ निर्देशिकाले इङल्याण्डमा स्वास्थ्यकर्मीले १६ वर्ष र त्यसभन्दा माथिका बिरामीहरुलाई उनीहरुको यौनिकताबारे प्रश्न गर्नुपर्ने व्यवस्था गरेको छ।

चिकित्सक, नर्स र वयस्कका लागि सामाजिक सेवा उपलब्ध गराउने स्थानीय परिषद्ले निर्देशिका पालना गर्नुपर्नेछ।

एकजना प्रवक्ताले भनिन्, "मानिसहरुले पाउने सेवालाई त्यसले असर पार्नेछैन।"

उनले भनिन, "बराबरीको नियम अन्तर्गत कुनै पनि बिरामीले विभेद भोग्न नपरोस् भनेर नयाँ व्यवस्था गरिएको हो।"

तथ्यांक संकलन

डाक्टर(जीपी) र नर्सहरुले हरेक साक्षात्करमा बिरामीको यौनिकताबारे प्रश्न सोध्नेछन्।

यस्तो तथ्यांक कैयौं क्षेत्रमा पहिले नै संकलन गर्न थालिसकिएको र नयाँ निर्देशिकाले सबैतिर त्यसो गर्नैपर्ने व्यवस्था गरेको बताइएको छ।

एप्रिल २०१९ सम्ममा इङल्याण्डभरिको तथ्यांक संकलन हुने आशा राखिएको छ।

स्वास्थ्यकर्मीहरुले बिरामीहरुलाई "तपाईँ कुन समूहमा पर्नुहुन्छ");