यती एअरलाइन्स विमान दुर्घटनापछि सोमवार दिनभरि के भयो
- उडानका विवरण र ककपिटमा भएका संवाद रेकर्ड हुनेब्ल्याक बक्स घटनास्थलबाट फेला पर्यो
- विमानमा सवार ७२ जनामध्ये थप एक जनाको शव फेला पारिएसँगै ६९ जनाको मृत्यु भएको पुष्टि भयो, बाँकी तीन जनाको खोजी भइरहेको अधिकारीहरूले बताएका छन्
- कास्की जिल्ला प्रशासन कार्यालयका अनुसार ४३ जनाको शव पहिचान भयो
- मृतकहरूको शव पहिचानमा थप सहजीकरणका लागि फरेन्सिक विज्ञहरूको एउटा टोली पोखरा पुग्यो
- पहिचान हुन बाँकी, चालकदलका सदस्य र विदेशी यात्रुका समेत ४६ वटा शव काठमाण्डू ल्याइने
- यती एअरलाइन्सद्वारा आफ्ना सम्पूर्ण उडान रद्द
- यती एअरलाइन्सलाई आफ्ना विमानहरू स्वयं जाँच गर्न भनिएको र मङ्गलवार सरकारको ‘जाँचसूचीहरू’ बमोजिम हेरेर उडान गर्न दिइने सरकारी नियामक निकायका प्रवक्ताको भनाइ
यसका साथै हामी यो लाइभ पेज यही टुङ्ग्याउँछौँ। धन्यवाद।