प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनसम्बन्धी देशभरिका गतिविधिका ताजा विवरणका साथ सुरु भएको हाम्रो लाइभ अपडेट आजलाई यति नै। प्रिय पाठकहरूलाई धन्यवाद दिँदै हामी प्रत्यक्ष अपडेटबाट बिदा चाहन्छौँ।
शुभ रात्रि।
window.__reverb = {}; window.__reverb.__reverbLoadedPromise = new Promise((resolve, reject) => { window.__reverb.__resolveReverbLoaded = resolve; window.__reverb.__rejectReverbLoaded = reject; }); window.__reverb.__reverbTimeout = setTimeout(() => { window.__reverb.__rejectReverbLoaded(); }, 5000);
निर्वाचन आयोगले ७० प्रतिशतसम्म मत खस्ने अपेक्षा गरेको बताए पनि ६१ प्रतिशत मात्र मतदान भएको जनाएको छ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनसम्बन्धी देशभरिका गतिविधिका ताजा विवरणका साथ सुरु भएको हाम्रो लाइभ अपडेट आजलाई यति नै। प्रिय पाठकहरूलाई धन्यवाद दिँदै हामी प्रत्यक्ष अपडेटबाट बिदा चाहन्छौँ।
शुभ रात्रि।
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ६१ प्रतिशत मतदान भएको प्रारम्भिक जानकारी दिएको छ।
प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आयोगको प्रणालीमा समाविष्ट हुने क्रम जारी रहेकाले मतदाता सहभागिता प्रतिशत अझै बढ्न सक्ने आकलन गरेका छन्।
“प्रारम्भिक विवरणअनुसार ६१ प्रतिशत मतदान भएको छ। यो अझै केही वृद्धि हुनसक्छ। तर यो आयोगको अपेक्षा भन्दा अझै कम हो,”आइतवार साँझ आयोगको पत्रकार सम्मेलनमा थपलियाले भने।
आयोगले छिटफुट घटनाबाहेक देशभरि शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको बताएको छ।
तस्बिर स्रोत, RSS
निर्वाचन आयोगले मतदान स्थगित भएका १५ स्थानमा आगामी दुई दिनभित्रै पुनः निर्वाचन गराइने जनाएको छ।
प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान स्थगित भएका ठाउँहरूमा दुई दिन भित्र पुनः मतदान गर्ने व्यवस्था मिलाइने बताए।
आयोगका अनुसार नवलपरासी, बाजुरा, गुल्मी र सुर्खेतका १५ स्थानमा मतदान स्थगित भएको छ।
“अवरुद्ध भएका ठाउँमा पुन सुरु गर्ने प्रयास भए पनि सम्भव नभएपछि स्थगन भएका छन्। ती ठाउँमा दुई दिनभित्र पुन मतदान गर्ने व्यवस्था मिलाइन्छ,” थपलियाले भने।
तस्बिर स्रोत, Madhuri Mahato
मधेश प्रदेशका ८ वटा जिल्लामा औसतमा ६० देखि ६५ प्रतिशतको हाराहारीमा मतदान भएको निर्वाचन अधिकृतहरूले जानकारी दिएका छन्।
पर्सामा ५२ प्रतिशत मतदान सम्पन्न भएको प्रारम्भिक अनुमान गरिएको मुख्य निर्वाचन अधिकृत विनोद पोखरेलले जनाएका छन्।
त्यसैगरी बारामा ६६ प्रतिशत मतदान भएको अनुमान गरिएको निर्वाचन अधिकृत सरोज चौधरीले जानकारी दिए।
रौतहटमा भने ६५ देखि ७० प्रतिशतसम्म मतदान भएको अनुमान हाल गरिएको रौतहटका निर्वाचन अधिकृत छोटेलाल दासले बताए।
त्यसैगरी सर्लाहीमा ६२ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान रहेको सर्लाहीका निर्वाचन अधिकृत दिवाकर भुजेलले बताए।
महोत्तरीमा भने ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको निर्वाचन कार्यालय महोत्तरीका निर्वाचन अधिकृत सुबोध कुमार महतोले बताए।
त्यसैगरी धनुषामा ६२ प्रतिशत मतदान भएको जानकारी धनुषाका निर्वाचन अधिकृत श्रीधर पन्थीले बताएका छन्।
त्यस्तै सप्तरीका निर्वाचन अधिकृत रमेश कुमार जोशीका अनुसार ६३ प्रतिशत मत खसेको अनुमान गरिएको छ।
सिराहामा भने ६२ देखि ६५ प्रतिशतसम्म मत खसेको प्रारम्भिक अनुमान गरिएको सिराहाकी निर्वाचन अधिकृत इन्दिरा यादवले बताइन्।
एक दुई स्थानमा सामान्य विवादका कारण केहीबेर मतदान रोकिए पनि सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमै मतदान सम्पन्न भएको निर्वाचन अधिकृतहरूको भनाइ छ।
मधेश प्रदेशका ८ वटै जिल्लाका सबै मतदान केन्द्रबाट मतपेटिका सङ्कलन गर्ने र मतगणना स्थलमा लैजाने कार्य भइरहेको र आज (आइतवार) राति नै सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने समय तोकिने निर्वाचन अधिकृतहरूले जानकारी दिएका छन्।
मधेश प्रदेशमा जम्मा ३३ लाख ८६ हजार ६२८ मतदाता थिए। प्रदेशमा ३२ प्रतिनिधिसभा तथा ६४ प्रदेशसभा निर्वाचन क्षेत्र छन्।
तस्बिर स्रोत, RSS
गृह मन्त्रालयका प्रवक्ता फणीन्द्र पोखरेलले बाजुरा, गुल्मी र सुर्खेतका केही केन्द्रमा मतदान स्थगित भएको जानकारी दिएका छन्।
"केही ठाउँमा झडप भएको र केही ठाउँमा प्रदेशसभाको मतपत्र र प्रतिनिधिसभाको मतपेटिका र प्रतिनिधिसभाको मतपत्र प्रदेशसभाकोमा परेका कारण भएका विवादपछि स्थगित भएको प्रारम्भिक विवरण छ," उनले भने।
यसअघि निर्वाचन आयोगले १५ वटा केन्द्रमा मतदान रोकिएको जनाए पनि आयोगका सहायक प्रवक्ता कमल भट्टराईले त्यसमध्ये केही स्थानमा पुनः मतदान सुरु भएको बताएका थिए।
तस्बिर स्रोत, RSS
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदानका लागि पूर्वनिर्धारित समय सकिएको छ।
निर्वाचन आयोगले बिहान ७ बजेबाट साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरेको थियो। तर मतदानको समय सकिँदासम्म लाइन बसेकाहरूलाई मतदान गर्न दिइने गरिएको छ।
निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराईले मतदाता सहभागिताको विवरण आउन समय लाग्ने भए पनि गत वैशाखमा भएको स्थानीय तह निर्वाचनभन्दा कम मतदान भएको आशङ्का आयोगले गरेको बीबीसीसँग बताए।
"गत स्थानीय तह निर्वाचनभन्दा कम मत खसेको हो की भन्ने आशङ्का आयोगले गरेको छ। यद्यपि यसको यकिन विवरण आउन बाँकी छ," उनले भने।
आयोगले लिएको प्रारम्भिक जानकारी अनुसार काठमाण्डू उपत्यकामा ५७ देखि ५८ प्रतिशतसम्म मात्रै मतदान भएको उनले बताए।
केही स्थानमा मतदान स्थगित हुने अवस्था सिर्जना भए पनि अधिकांश स्थानमा मतदान शान्तिपूर्ण भएको निर्वाचन आयोगले जनाएको छ।
तस्बिर स्रोत, EPA
निर्वाचन आयोगले १५ वटा केन्द्रमा मतदान रोकिएको जनाएको छ।
यसअघि सुरक्षाका कारणले मतदान रोकिएका ४७ ठाउँमध्ये १६ वटामा मतदान सुरु हुन अझै बाँकी रहेको नेपाल प्रहरीका प्रवक्ताले बीबीसीलाई बताएका थिए।
चुनाव बिथोल्ने गतिविधिलाई नियन्त्रणमा लिन आठ जिल्लामा ३८ राउन्ड हवाई फायर गरिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले बीबीसीलाई बताए।
प्रहरीले चुनाव विरोधी गतिविधिमा संलग्न भएको आरोपमा काठमाण्डूबाट ४ जनालाई पक्राउ गरेको पनि उनले जानकारी दिए।
प्रहरीका अनुसार सुदूरपश्चिमको बाजुरा जिल्लाका कम्तीमा ६ ठाउँमा मतदान सुरु हुन बाँकी छ।
बाजुरामा मतपेटिकामा आगजनी भएका समेत विवरण आएका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त
निर्वाचन आयोगले अपराह्न ३ बजेसम्म ३५ देखि ३७ प्रतिशत मतदान भएको जनाएको छ।
आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले त्यस्तो सङ्ख्यामा मत खसेको जानकारी दिए।
आयोगले यसअघि ७० प्रतिशतसम्म मत खस्ने विश्वास गरेको जनाएको थियो।
तर त्यो पुग्न गाह्रो देखिएको उनले बीबीसीलाई बताए।
तस्बिर स्रोत, Election Commission Nepal
इलाममा ११५ वर्षे वृद्धले मतदान गरेका स्थानीय सुरक्षा अधिकारीहरूले दाबी गरेका छन्।
जिल्लाको फाकफोकथुम गाउँपालिका–७, शिकारी भन्ज्याङस्थित सिंहदेवी माध्यमिक विद्यालय केन्द्रमा ११५ वर्षे मनबहादुर राईले मतदान गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
उनको नागरिकतामा जन्म मिति १९६४ साल लेखिएको छ।
तस्बिर स्रोत, District Police Office, Ilam
तस्बिर स्रोत, EPA
प्रतिनिधिसभा र प्रदेशसभा चुनाव अन्तर्गत अपराह्न २ बजेसम्म काठमाण्डू उपत्यकामा ५० प्रतिशतको हाराहारीमा मत खसेको अधिकारीहरूले जनाएका छन्।
गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले बीबीसीसँग भने, ‘काठमाण्डू उपत्यका भित्र ४० देखि ५० प्रतिशतको हाराहारीमा मत खसेको छ।’
उक्त आँकडा अपराह्न २ बजेसम्मको भएको उल्लेख गर्दै उनले भोजपुर लगायत कतिपय जिल्लामा केही कम मत खसेको देखिएको बताए।
छिटपुट घटनाबाहेक अधिकांश स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको गृह मन्त्रालयले जनाएको छ।
बिहान मतपत्र गलत मतपेटिकामा खसाइएका लगभग ६० वटा घटना प्रकाशमा आएको अधिकारीहरूले बताएका छन्।
त्यसबारे निर्वाचन आयोगले केही निर्णय लिने ठानिएको छ।
मतदान बिथोल्न प्रयास गर्ने व्यक्तिहरू विरूद्ध एकाध ठाउँमा सुरक्षाकर्मीले बल प्रयोग गरेका विवरण आएका छन्।
तस्बिर स्रोत, EPA
प्रतिनिधिसभा र प्रदेशसभा चुनाव अन्तर्गत आइतवार पौने १ बजेसम्म ३२ प्रतिशतले मतदान गरिसकेको निर्वाचन आयोगले जनाएको छ।
विगतको चुनावमा कति प्रतिशत मत खसेका थिए?
२०७९,स्थानीय तह निर्वाचन: ७४ प्रतिशत
२०७४, प्रतिनिधिसभा निर्वाचन: ६८.६७ प्रतिशत
२०७०, संविधानसभा: ७८.७४
२०६४, संविधानसभा: ६१.७ प्रतिशत प्रत्यक्ष, ६३.३ प्रतिशत समानुपातिक
२०५६, प्रतिनिधिसभा: ६५.७९
२०५१, प्रतिनिधिसभा: ६१.८६
२०४८, प्रतिनिधिसभा: ६५.१५
स्रोत: निर्वाचन आयोग, नेपाल
मोरङको क्षेत्र नं ६ अन्तर्गत बुढी गङ्गा १ स्थित देवीथान मतदान केन्द्रमा विस्फोट भएपछि मतदान स्थगित भएको प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले जानकारी दिए। उनका अनुसार केही बेरमै मतदान पुनः सुरु गर्ने तयारी भइरहेको छ।
बर्दियाको गुलरियास्थित शम्भु नारायण माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान चलिरहेको अवस्थामा बम विस्फोट हुँदा केहीबेर मतदान रोकिएको जनाइएको थियो। बिहान ९ बजे सुतली बम विस्फोट हुँदा कुनै क्षति नभए पनि करिब ४५ मिनेट मतदान रोकिएको र अहिले जिल्लामा शान्ति पूर्वक मतदान भइरहेको बर्दियाको प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले जानकारी दिए।
हुम्लाको सर्केगाड मतदान केन्द्रमा मतदाताबीच विवाद भएपछि आधा घण्टासम्म प्रभावित मतदान पुनः सुरु भएको हुम्लाका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले जानकारी दिएका छन्।
सर्केगाड गाउँपालिका–७ कै रोडिकोटमा एक जना मतदाताको मृत्यु भएको छ।
मतदान गर्न कोट माध्यमिक विद्यालय मतदान केन्द्र जाने क्रममा ६२ वर्षका मकवीर कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ।
मतदान गर्न मतदान केन्द्र जाने क्रममा कार्कीको हृदयाघात भएर मृत्यु भएको जनाइएको छ।
मतदान केन्द्र नपुग्दै बाटोमा मृत्यु भएको हुम्लाका प्रहरी नायव उपरीक्षक ओझाले जानकारी दिए।
कर्णालीको अन्य जिल्लामा अहिलेसम्म शान्तिपूर्ण तरिकाले मतदान भइरहेको सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले बताएका छन्।
आइतवार देशभरि भइरहेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको लागि कर्णाली प्रदेशका १० जिल्लामा १० लाख बढी मतदाताले मतदान गर्ने निर्वाचन आयोग कर्णाली प्रदेश कार्यालय सुर्खेतले जनाएको छ।
कार्यालयले जनाए अनुसार कुल १० लाख ८ हजार ४ सय ३ जना मतदाता रहेका छन्।
कर्णालीका दश वटै जिल्लामा १ हजार ७ सय ७६ मतदान केन्द्र छन्।
निर्वाचन सुरक्षाका निम्ति चौध हजार ८ सय ७ जना सुरक्षा कर्मचारी खटिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
तस्बिर स्रोत, K P Oli Secretariat
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरमा मतदान गरेका छन्।
भक्तपुर बालकोटका मतदाता रहेका उनले त्यहाँस्थित महेन्द्र शान्ति विद्यालयको केन्द्रमा पुगेर भोट खसालेका हुन्।
तस्बिर स्रोत, Reuters
निर्वाचन आयोगले आइतबार अपराह्नसम्म झन्डै ३२ प्रतिशत मत खसेको जनाएको छ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले पत्रकार सम्मेलनमा बोल्दै अपराह्न पौने एक बजेसम्म ३२ प्रतिशत मतदान भएको बताए।
बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ।
आयोगले केन्द्रको स्वीकृति नलिई मतदान स्थगित गर्न निर्देशन दिइएको भन्दै छिटपुट घटनाबाहेक शान्तिपूर्ण रूपमा मतदान भइरहेको जनाएको छ।
मतदान केन्द्रमा क्यामरा, मोबाइल, सलाई र लाइटर जस्ता वस्तुलाई निषेधित गरिएको निर्वाचन आयोगले बताएको छ।
आयोगले बिहानको समयमा अलिकति कम मतदान भएको पाइएको उल्लेख गर्दै दिउँसोको समयमा बढी मत खस्ने अपेक्षा गरिएको जनाएको छ।
तस्बिर स्रोत, ECN
निर्वाचन आयोगले कुनै पनि स्थानमा विवाद वा अन्य कारणले मतदान स्थगित गर्नुपर्ने भएमा आयोगको पूर्वसहमति लिन निर्देशन दिएको छ।
आयोगले सामाजिक सञ्जालमार्फत त्यस्तो निर्देशन दिएको जनाएको हो।
आयोगले लेखेको छ, “मतदान केन्द्रमा भएको सामान्य विवादको कारण केही समय स्थगन भएको मतदान कार्य सुचारु गर्ने र साँझ ५ बजेसम्म स्थगित भएको सूचना टाँस नगर्न निर्वाचन आयोगले सबै मतदान अधिकृतहरूलाई निर्देशन दिएको छ।“
“स्थगित गर्नै पर्ने भए निर्वाचन आयोगको पूर्वसहमति लिनु पर्नेछ।“
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त
तस्बिर स्रोत, RSS
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आइतवार मतदान जारी रहेका बेला जल तथा मौसम विज्ञान विभागले देशैभरि मौसम सफा रहने जानकारी दिएको छ।
राससका अनुसार देशभरिको मौसम सामान्यतया सफा रहने भएकाले ढुक्क साथ मतदान गर्न पाइने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाकी मौसमविद् गङ्गा नगरकोटीले रासससँग भनिन्, “आज देशभरिको मौसम सफा रहेको छ। हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ तर त्यति धेरै असर हुने देखिँदैन।“
नेपालमा हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
प्रदेश एक र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुने देखिए पनि बाँकी भू–भागमा मौसम सफा रहेको छ।
आज काठमाण्डूको न्यूनतम तापक्रम ८.८ र अधिकतम तापक्रम २२.४ डिग्री सेल्सिअस रहेको छ।
हुम्लाका केही स्थानमा चिसो बाधक
राससका अनुसार हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर-६ का तीनवटा मतदान केन्द्र र वडा नम्बर-५ को मुचुमा चिसोका कारण मतदान बिहानै सुरु हुन सकेको थिएन।
जिल्ला प्रहरी कार्यालय हुम्लाले उक्त जानकारी दिएको हो।
उक्त हिमाली जिल्लाका ५९ मतदान केन्द्रमध्ये ५५ मतदान केन्द्रमा भने मतदान सुरु भइसकेको छ।
गोली चलेका कारण चितवनको निर्वाचन क्षेत्र नम्बर १ राप्ती नगरपालिका ८ मा रहेको मतदान केन्द्रमा रोकिएको मतदान पुन: सुरु भएको छ।
२०-२५ जनाको समूहमा आएका व्यक्तिले चुनाव बिथोल्न खोजेपछि प्रतिकारमा गोली चलाइएको प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।
बिहान करिब ८ बजे तिर सो समूहलाई तितरबितर पारिएको उनले बताए ।
ब्रह्मस्थनी आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा केही बेर मतदान रोकिएको हाम्रा संवाददाता ईश्वर जोशीले जनाएका छन्।
तस्बिर स्रोत, EPA
निर्वाचनको सुरक्षामा झन्डै ३ लाख सुरक्षाकर्मी खटिएको निर्वाचन आयोगले जनाएको छ।
आयोगका अनुसार चुनावमा खटिने सुरक्षाकर्मीको सङ्ख्या निम्न बमोजिम रहेको छ:
नेपाल प्रहरी: ७१,६९३
नेपाली सेना: ७४,८४९
सशस्त्र प्रहरी बल: ३५,११६
म्यादी प्रहरी: १,१५,०००
राष्ट्रिय अनुसन्धान विभाग: १,८२१