प्रधानमन्त्रीको विरोध गर्दा मुख थुन्ने प्रहरीलाई कारबाही होला?

मुख थुन्दै प्रहरी

तस्बिर स्रोत, News Agency Nepal NAN

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गर्ने युवाहरूलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले उनीहरूको मुख समेत थुनेको भिडिओ सामाजिक सञ्जालमा व्यापक भएपछि प्रशासनविरुद्ध आक्रोश व्यक्त भइरहेको छ।

प्रहरीले प्रचण्डविरुद्ध नाराबाजी गर्नेहरूको मुख थुन्दै गरेको भिडिओ र तस्बिर सामाजिक सञ्जालमा मानिसहरूले शेअर गर्दै “बोल्न पनि नपाइने हो?” भनिरहेका छन्।

प्रहरीले प्रधानमन्त्री संलग्न कार्यक्रममा बाधा पुर्‍याउन खोजेको भन्दै तीन जना युवालाई पक्राउ गरिएको र अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी भइरहेको बताएको छ।

उनीहरूको मुख थुन्ने प्रहरीहरूमाथि हालसम्म अनुसन्धान वा विभागीय कारबाही नभएको काठमाण्डू प्रहरीका प्रवक्ता सीताराम रिजालले बताए।

यो घटनाबारे बुधवार संसद्‌मा पनि प्रश्न उठेको छ।

"संविधानले स्वतन्त्रतापूर्वक विचार राख्न पाउने र बोल्न पाउने अधिकार सबै नागरिकलाई दिएको छ। प्रहरीले बोल्नेको मुख थुन्न मिल्छ कि मिल्दैन");