बाँदरबाट प्रेरित भई हातखुट्टा टेकेर दौडिने खेलकुद आविष्कार गर्ने खेलाडी
जापानका केनिचि इतो चार हातखुट्टा टेकेर बाँदर जसरी दौडिन्छन्। उनले १५.७१ सेकन्डमा १०० मिटर दौडिएर कीर्तिमान बनाएका छन्।
उनलाई खेलकुदमा 'क्वाड्रोबिक्स' अर्थात् चार हातखुट्टा टेकेर दौडिने विधा आविष्कार गरेको श्रेय दिइन्छ।
विश्वका विभिन्न स्थानमा, विशेष गरी रुसमा, क्वाड्रोबिक्स निकै लोकप्रिय भएको छ। त्यहाँ मानिसहरू चारखुट्टे जनावरको भेष लगाएर चारहात खुट्टा टेकेर दौडिन रमाउँछन्। तर रुसमा केही राजनीतिक नेताहरूले त्यसको विरोध गरेका छन्।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।