दक्षिण कोरियामा जन्मदर घटेपछि सरकार नै 'जोडी खोजिदिने कार्यक्रम'मा सक्रिय
विश्वका अन्य देशहरूजस्तै दक्षिण कोरियामा पनि विवाहका लागि जोडी खोजिदिने निजी कम्पनीहरू सञ्चालनमा रहेको धेरै भइसक्यो।
अब भने त्यहाँको सरकारले नै युवायुवतीलाई भेट गराई विवाहतर्फ अगाडि बढाउने उद्देश्यले 'डेटिङ' कार्यक्रम आयोजना गर्न थालेको छ।
अत्यधिक न्यून प्रजनन र विवाहदरसँग जुधिरहेको दक्षिण कोरियामा जोडीहरूबीच हुने भेटवार्ताले नयाँ बाटो अपनाएको छ।
जोडी मिलाइदिन भइरहेका यस्ता अस्वाभाविक शैलीले दक्षिण कोरियामा विवाह र जन्मदर बढाउलान्?
यो भिडिओ हेर्नुहोस्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।