सर्वोच्च शिखर सगरमाथा कति स्वस्थ?
तेन्जिङ नोर्गे शेर्पा र एड्मन्ड हिलरीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको ७० वर्ष पुगेको छ।
यो अवधिमा सगरमाथामा मानिसले धेरै कीर्तिमान बनाएका छन्। विश्वको अग्लो चुचुरोमा पाइला टेक्ने मोहमा धेरै जनाले ज्यान पनि गुमाएका छन्।
मानिसको चाप बढ्दा सिर्जित समस्याबाहेक विश्वव्यापी तापमान वृद्धिका कारण सगरमाथास्थित हिमनदी र बरफ पनि दिनदिनै अस्थिर बनिरहेको विज्ञहरू औँल्याउँछन्।
उनीहरूका अनुसार सगरमाथा र अन्य हिमशृङ्खला जोखिममा परेको छन्। त्यस्तो जोखिम घटाउन पर्वतारोहणमा चलिरहेको कीर्तिमान राख्ने होडबाजी पनि कम गर्नुपर्ने उनीहरूको सुझाव छ।
हेर्नुहोस् कमल परियारले बनाएको भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

तस्बिर स्रोत, ICIMOD