ओमानमा 'दासी' बनाइएका ५० भन्दा बढी अफ्रिकी महिलाको उद्धार

भिडिओ क्याप्शन सुरु हुँदैछ,
ओमानमा 'दासी' बनाइएका ५० भन्दा बढी अफ्रिकी महिलाको उद्धार

एउटा ह्वाट्स्याप समूहको पहलमा खाडी राष्ट्र ओमानमा जबर्जस्ती श्रम गराइएका तथा यौन शोषणबाट पीडित ५० भन्दा बढी घरेलु महिला कामदारको उद्धार गरिएको छ।

संयुक्त राज्य अमेरिकाकी सोशल मिडिया अभियन्ता पिलिलानी मोम्बे न्योनीले सुरु गरेको समूहले मलावी सरकारको सहयोगमा मलावीका ती महिलाहरूको उद्धार गरेको हो।

यस अभियानमा मलावी सरकारले १,६०,००० डलर खर्च गरिसकेको जनाएको छ।

बीबीसी अफ्रिकाले उद्धार गरिएकामध्ये केही महिला तथा उक्त ह्वाट्स्याप समूहकी संस्थापकसँग कुरा गरेर एक वृत्तचित्र बनाएको छ।

उक्त वृत्तचित्रका मुख्य दृश्य समावेश गरिएको यो भिडिओ हेर्नुहोस्।

अनि यो पनि

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।